टोकियो,जापान। जापानको पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्ति लक्षित एउटा सर्वेक्षणले वर्तमान समयको सबैभन्दा ठूलो चुनौतीको रूपमा अग्रपंक्ति(फ्रन्ट लाईन)मा गर्ने श्रमिकको अभाव देखाएको छ। सर्वेक्षणमा सहभागी मध्ये ४८.६ प्रतिशतले श्रमिक अभावलाई पर्यटन क्षेत्रमा देखा परेको प्रमुख समस्या भएको उल्लेख गरे।
यससँगै पर्यटन व्यवस्थापनका लागि आवश्यक विशेष दक्षता भएका जनशक्तिको कमी पनि ठूलो चुनौती बनेको सर्वेक्षणमा सहभागी ४१.३ प्रतिशत ले बताए।
पर्यटन क्षेत्रको दीगो विकाससँग जोडिएका अन्य चुनौतीहरूमध्ये यातायात तथा पूर्वाधार सुधारमा ४७.३ प्रतिशत र दीगो तथा उत्तरदायी पर्यटन गन्तव्य विकासमा ४४.२ प्रतिशत प्रतिकृयाकर्ताले समस्या रहेको बताएका छन्।
श्रमिक अभाव किन भइरहेको छ भन्ने प्रश्नमा सहभागीहरूको ठूलो संख्या, अर्थात् ३७.५ प्रतिशत ले कम तलब स्तर नै मुख्य कारण रहेको बताए। त्यस्तै ३५.४ प्रतिशत ले विशेषज्ञ जनशक्ति उत्पादनका लागि आवश्यक तालिम प्रणाली कमजोर रहेको धारणा राखे।
जालन रिसर्च सेन्टरले २०२५ जुलाईदेखि सेप्टेम्बरसम्म १,६४५ जना पर्यटन व्यवसायसम्बन्धी व्यक्तिहरूलाई लक्षित गरी गरेको अनलाइन सर्वेक्षणमा प्राप्त नतिजाले जापानको पर्यटन उद्योगमा जनशक्ति संकटको समस्या बढ्दै गएको संकेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




