लन्डन,युके । रोयल बरो अफ ग्रीन्विच नेप्लिज सोसाइटीले २०२५-२७ कार्यकालका लागि मनोनीत सल्लाहकार समितिको नामावली सार्वजनिक गरेको छ। सोसाइटीको संस्थागत क्षमता वृद्धि, समुदाय समन्वय तथा योजनागत कार्यान्वयनलाई सशक्त बनाउनका लागि यस विस्तारित सल्लाहकार समितिको गठन गरिएको अध्यक्ष ह्यारी गुरुङले बताए ।
सार्वजनिक नामावली अनुसार प्रमुख सल्लाहकारमा मोहन गुरुङ तथा संस्थापक प्रमुख सल्लाहकार एलन पाण्डे रहने छन् । समितिमा अनुभवी व्यक्तित्व, विभिन्न क्षेत्रका अग्रज, समुदायसेवी, तथा सक्रिय सदस्यहरू गरी ७४ जना सल्लाहकारहरू समावेश छन्। सल्लाहकारहरूमा शिबराम गुरुङ, सचिन श्रेष्ठ, श्रीचन्द्र गुरुङ, फडिन्द्र भट्टराई, ध्रुवराज अर्याल, राजन खकुराल, महेन्द्र कंडेल, बिनोद ज्ञवाली, नरेन्द्र कंडेल, कर्ण शाही, सुमल कुमार गुरुङ, हरि कुमार मल्ल, जगदिश गुरुङ, प्रेम कुमार लामा (पिके), अर्क तिम्सिना, श्याम शेरचन, शहदेव गिरी, मन्जु भण्डारी खरेल, संस्थापक उपाध्यक्ष देवेन श्रेष्ठ, सुशील प्रजापति, सुरोज मास्के, राममाया बिष्ट, यादव भण्डारी, डासु पाण्डे, खड्का बहादुर पुन, केश गुरुङ, हरि गुरुङ (फेदिखोला), योगेश गुरुङ, बिजय गुरुङ, सुर्य गुरुङ (गुड्डु), बसन्त खनाल, श्रीमती बिजिता गौतम, तिर्थ पौडेल, श्रीमती बिन्दु गुरुङ, श्रीमती गौमाया गुरुङ रानाभाट, विपिन निरौला, भगवान श्रेष्ठ, बिनोद चिपालु, मनिष श्रेष्ठ, दिलु थापा, लछुमन गुरुङ, मेजर डा. सुदर्शन गुरुङ, संगीता मरहट्टा, तिलक भट्टराई, मुकुन्द बास्तोला, कुमार थापा (ब्रुस), राजेन्द्र सुवेदी, टम अधिकारी, दिपक भट्टराई, रोम पाण्डे, चन्द गुरुङ, दिपक श्रेष्ठ, प्रशिद्ध प्रधान, बालजङ अर्याल, श्रीमती सीता अर्याल, तोया गुरुङ, डा. ओम गौतम, गजेन कटुवाल, रजन शाही, अर्जुन शाही, लक्षमन शाह, कमल गुरुङ, दिपक मैथाने मगर, जित थापा, खड्क गुरुङ थापा, दिपक गैरे, सुरज केसी, निलहरी घिमिरे, ललित नेउपाने, केदार थपलिया, टिकाराम सापकोटा, राजेन्द्र खस रहेका छन्।
त्यसैगरी, संस्थाको निरन्तरता, मार्गदर्शन तथा दीर्घकालीन रणनीतिक सल्लाहका लागि गठन गरिएको संरक्षक परिषद (पुर्व अध्यक्षहरू) मा निम्न छ जना रहेका छन् । संस्थापक अध्यक्ष कुमार श्रेष्ठ तथा अध्यक्षहरु – हरि गोबिन्द गुरुङ,श्रीमती शर्मिला हिराचन थकाली,जित रानाभाट,पुन्य रेग्मी र श्रीमती लीला देवी गुरुङ ।
सोसाइटीले सक्रिय सहभागिता, पारदर्शिता, समन्वय र समुदायमाथिको उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै आगामी कार्यकालमा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
रोयल बरो अफ ग्रीन्विच क्षेत्रका नेपाली समुदायलाई एकताबद्ध, सशक्त र सांस्कृतिक रूपमा समृद्ध बनाउन यस सल्लाहकार समितिको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




