प्रतीकात्मक फाईल तस्बिर

टोकियो,जापान। जापानको राजधानी टोकियोमा नोभेम्बर महिनामा कुखुराको अन्डाको थोक मूल्य इतिहासकै उच्च पुगेको छ, जसले बजारमा अझै पनि आपूर्ति अभाव र महंगी जारी रहेको संकेत गरेको छ। यो महिनामा व्यापार भएको मिडियम साइज अन्डाको औसत मूल्य प्रतिकिलो ३४० येन रहेको छ, जुन सन् १९९३ मा तथ्यांक सार्वजनिक हुन थालेदेखि अहिले सम्मको नोभेम्बर महिनाका लागि सबैभन्दा उच्च मूल्य हो। जेए जेन नोह तामागो(जापान कृषी सहकारी) ले सार्वजनिक गरेको विवरणअनुसार अन्डाको मूल्य लगातार तेह्रौं महिनादेखि अघिल्लो वर्षको तुलनामा वृद्धि हुँदै आएको छ, र यस पटक ५९ येन वृद्धि भएको छ।

जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार, गत वर्षको अन्त्यदेखि यस वर्षको सुरुतिरसम्म लगातार देखिएको बर्ड फ्लुका कारण धेरै कुखुरा नष्ट गर्नुपरेको थियो, जसको असर अहिले पनि उत्पादन र आपूर्तिमा परिरहेको छ। उनीहरूले वर्तमान मूल्य वृद्धि यही कारणले भएको पुष्टि गरेका छन्। टोकियो मात्र नभई अन्य प्रमुख क्षेत्रहरूमा पनि अन्डाको मूल्य बढ़्दो छ। ओसाकामा प्रतिकिलो ३४५ येन, भने नागोया र फुकुओकामा प्रतिकिलो ३५० येन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२ देखि ७९ येन बढी हो।

उद्योग विशेषज्ञहरूको अनुमान अनुसार, वर्षअन्त्य नजिकिँदै जाँदा क्रिसमस केक, मिठाई उत्पादन, ओदेन र घरायसी खानाको माग बढ्ने भएकाले अन्डाको मूल्य हालकै स्तरमा स्थिर रहन वा अझै बढ्ने सम्भावना छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार