टोकियो/जापान। धादिङ समाज जापानले स्थानीय रेडक्रस सोसाईटीसँगको सहकार्यमा आज नोभेम्बर ३०, आइतबार जापानका तीन प्रमुख सहरहरू — टोकियो, नागोया र ओसाकामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। पहिलोपटक जापानको ३ ठूला सहरमा एकैदिन आयोजना गरिएको यस कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो।

समाजका महासचिव सुशान्त बानियाँले दिएको जानकारी अनुसार, टोकियोमा ७१ जना सहभागीमध्ये ५३ जनाले रक्तदान गर्न सफल भए भने स्वास्थ्य मापदण्डका कारण १८ जना रक्तदान गर्न नसकेका थिए। त्यसैगरि नागोयामा २७ सहभागीमध्ये १६ जनाले रक्तदान गरे।त्यस्तै ओसाकामा ४० सहभागीमध्ये १७ जनाले रक्तदान गर्न सफल भएका छन्।

धादिङ समाज जापानका अध्यक्ष विमल श्रेष्ठका अनुसार, यस्तो अभियान मार्फत केही व्यक्तिको जीवन बचाउन सकिए पनि यो एउटा महत्वपूर्ण मानवीय योगदान हो। समाजले यस अघि पनि १ पटक टोकियोमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिसकेको थियो । थप बृहत क्षेत्र समेट्ने प्रयत्नस्वरुप यस पटक ३ वटै सहरमा एकै पटक आयोजा गरिएको थियो।

जापानमा बसोबास गर्दै आएका नेपालीहरूबीच एकता, मानवीय सहयोग र सामाजिक जिम्मेवारीलाई मजबुत बनाउने उद्देश्यसहित आयोजित यस अभियानलाई आगामी वर्षहरुमा पनि व्यापक रूपमा विस्तार गर्ने तयारी रहेको आयोजकले बताएको छ। कार्यक्रमलाई टोकियोमा,समाजका कोषाध्यक्ष रामबाबु दनाईले संयोजन गरेका थिए भने,नागोयामा र ओसाकामा क्षेत्रीय समितिहरुले संयोजन गरेका थिए। नागोया क्षेत्रीय समितिलाई सन्तोष भुजेलले नेतृत्व गरेका छन् भने ओसाकामा विकास अधिकारीले नेतृत्व गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार