टोकियो,जापान । तमु धीं जापानको आयोजनामा “प्ये म्हस्याँ छ्या म्हमुँ, छ्या म्हस्याँ ल्हु म्हमुँ, ल्हु म्हस्याँ म्ही म्हमुँ” — अर्थात् शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए सँस्कृति हराउँछ, सँस्कृति हराए मानव अस्तित्व नै हराउँछ भन्ने मूल नारासहित ३१औँ ल्होसार साँझ कार्यक्रम आगामी जनवरी ३ तारिख आयोजना हुने भएको छ। कार्यक्रमका लागि तमु धीं जापानले सम्पूर्ण तमु (गुरुङ) समुदाय तथा जापानवासी नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई सम्मानपूर्वक आमन्त्रण गरेको छ।

यस वर्ष “त ल्हो” (घोडा वर्ग) को पावन आगमनको अवसरमा कार्यक्रमको विधिवत् शुभारम्भ लम गुरु सन्दीप तमु तथा पच्यु चिवा पदम पच्युको नेतृत्वमा ग्रहदशा पूजा सम्पन्न गरी रिपा लगाएर गरिनेछ। गुरुङ समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचान मानिने ल्होसार/ल्होछार जापानमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि श्रद्धा, उत्साह र सामाजिक सद्भावका साथ मनाइने बताइएको छ।

कार्यक्रममा सहभागी प्रत्येक व्यक्तिका लागि ४,००० येनमा भोजनको व्यवस्थित व्यवस्था मिलाइनेछ। साथै, यसपटक पहिलो पटक लक्की ड्र राखिएको छ, जसमा सुनको चन्द्रमा एकजनालाई उपहार स्वरूप प्रदान गरिनेछ। आयोजकले यो वर्षको ल्होसारलाई अझ भव्य, सभ्य र सांस्कृतिक रूपमा समृद्ध बनाउने तयारी गरिरहेको जनाएको छ।

तमु धीं जापानका अध्यक्ष हिमाली तमुले जापानमा रहने सम्पूर्ण तमु (गुरुङ) समुदाय तथा नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई “त ल्हो ल्होसार/ल्होछार स्योकैं तथा सांस्कृतिक कार्यक्रम” को शोभा अभिवृद्धि गरिदिन आग्रह गरेकि छन्। आपसी सद्भाव, सम्मान र हार्दिक निमन्त्रणा सहित सबैलाई सहभागी हुन अनुरोध गरिएको छ।

समय
पूजा: बिहान ११:३० बजेबाट
सांस्कृतिक कार्यक्रम: दिउँसो २:०० बजे देखि ८:३० बजे सम्म
स्थान
Spice HUB Mitaka
〒181-0013 東京都三鷹市下連雀3丁目२८−23
Mitaka Station नजिक
फोन: 042-224-9728

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार