टोकियो। ईसुमेघ टुर्स एण्ड ट्राभल्स प्रा. लि. आज २०२५ डिसेम्बर ०५ देखि नयाँ कार्यालयमार्फत सेवा सञ्चालनमा आएको छ। नयाँ कार्यलयको औपचारिक उद्घाटन जापानका लागि नेपाली कार्यवहाक राजदूत हरिहरकान्त पौडेलको प्रमुख आतिथ्यता गरिएको थियो।

उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर राजेन्द्र कार्की क्षेत्री, साथै एयर इन्डिया तथा विभिन्न एयरलाइन्सका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो। नेपाल–जापान यात्रासम्बन्धी सेवामा सक्रिय यो कम्पनीले नयाँ कार्यालयमार्फत अझ व्यवस्थित र सहज सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

समारोहमा उपस्थित अतिथिहरूले जापानमा नेपाली समुदायलाई गुणस्तरीय यात्रा सेवा उपलब्ध गराउँदै आएको कंपनीको निरन्तर प्रयत्नको प्रशंसा गर्दै आगामी दिनमा संस्थाले अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कम्पनीका संचालकद्वय मेघ केसी तथा बन्दना केसीले नयाँ कार्यलयबाट नियमित सेवाका साथै थप प्रभावकारी सेवा प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो

📍 नयाँ कार्यालय ठेगाना

169-0073 Tokyo-to, Shinjuku-ku, Hyakunincho 1-17-6
Narita Biru 301 (Okubo Station North Exit)
Lawson Building, 3rd Floor,
Shinjuku City, Tokyo, Japan

कम्पनीका अनुसार सबै सेवा नयाँ कार्यालयबाट नै सुरु भइसकेको छ । यात्रासम्बन्धी परामर्श, टिकटिङ, भिसा प्रक्रिया तथा अन्य सेवाहरू आधुनिक सुविधासहित उपलब्ध हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार