टोकियो/जापान। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान शाखाको १४औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थाको साहित्यिक यात्रा अझ सशक्त बनाउने संकल्प व्यक्त गरेको छ।

अधिवेशनबाट आनन्द अधिकारीलाई संस्थाको अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ। अधिकारीको नेतृत्वमा अनेसास जापानले जापानमा रहेका नेपाली स्रष्टा, लेखक तथा साहित्यप्रेमीहरूलाई एकीकृत गर्दै साहित्यिक अभियानलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै उपाध्यक्षमा शरद पोखरेल, दीपा घिमिरे र संगिता कुँवर चयन भएका छन् भने महासचिवमा मनोज मौसम केसी चयन भएका छन् । अधिवेशनले सचिवमा नारायण पोखरेल, विनिशा सापकोटा र यमलाल कँडेललाई चयन गरेको छ।

त्यसैगरि कोषाध्यक्षमा सरोज घिमिरे तथा सह–कोषाध्यक्षमा सरिता चौधरी चयन भएका छन्।नयाँ। कार्यसमितिको सदस्यहरूमा सुविन न्यौपाने, विश्वबन्धु भण्डारी, भगवती क्षेत्री, दीपक राज पौडेल, हरि विनोद अधिकारी, अप्सरा सुनार र लक्ष्मण भन्तना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार