टोकियो,जापान। जापानमा डेटिङ एपमार्फत सुरु भएको एक सम्बन्धले कानुनी रूप लिँदै अदालतसम्म पुगेको छ। टोकियो जिल्ला अदालतले विवाहित भएको तथ्य लुकाएर महिलासँग यौन सम्बन्ध राखेको ठहर गर्दै एक पुरुषलाई १५ लाख १० हजार येन क्षतिपूर्ति तिर्न आदेश दिएको छ।
अदालतका अनुसार ती पुरुषले आफू विवाहित र सन्तान भएको कुरा लुकाएर महिलासँग चार महिनासम्म यौन सम्बन्ध राखेका थिए। यसलाई अदालतले महिलाको ‘चास्टिटीको अधिकार’(यौनिक आत्मनिर्णयको अधिकार) उल्लङ्घन भएको ठहर गरेको हो। यो अधिकारले कुमारीत्वसँग मात्र सम्बन्ध राख्दैन, बरु व्यक्ति स्वयंले आफ्नो यौन सम्बन्धबारे जानकारीका आधारमा निर्णय गर्न पाउने अधिकारलाई जनाउँछ।
जापानी कानुनअनुसार, कुनै व्यक्तिलाई झुक्याएर यौन सम्बन्धमा सहमति गराउनु सहमतिको वैधता गुमाउनु सरह मानिन्छ। यद्यपि, बल प्रयोग, धम्की वा नशाको प्रयोगजस्ता तत्व नभएकाले यसलाई आपराधिक मुद्दा होइन, नागरिक (सिभिल) मुद्दा का रूपमा हेरिएको अदालतले जनाएको छ।
यस घटनामा महिला र पुरुषको भेट डेटिङ एपमार्फत भएको थियो। महिलाको प्रोफाइलमै विवाहित पुरुषसँग सम्बन्ध नराख्ने स्पष्ट उल्लेख थियो। तर उक्त पुरुषले त्यो जानकारी थाहा हुँदाहुँदै पनि सम्बन्ध अघि बढाएको अदालतले मानेको छ, जसले उसलाई दुर्भावनायुक्त नियतसहित दोषी ठहर गर्न मद्दत गर्यो।
पुरुषले अचानक सम्पर्क तोडेपछि महिलाले निजी जासुस (प्राइभेट डिटेक्टिभ) को सहयोग लिएकी थिइन्। त्यसक्रममा पुरुषको गोप्य परिवार रहेको तथ्य बाहिर आएको थियो। सुरुमा महिलाले ७८ लाख २० हजार येन क्षतिपूर्ति माग गरेकी थिइन्, तर चास्टिटीको अधिकार उल्लङ्घनसम्बन्धी क्षतिपूर्तिको सामान्य सीमा करिब ३० लाख येन हुने भएकाले अदालतले सम्बन्धको अवधि, गर्भधारणजस्ता जटिल अवस्था नभएको पक्षलाई मध्यनजर गर्दै १५ लाख १० हजार येन क्षतिपूर्ति तोकेको हो।
यस फैसलापछि सामाजिक सञ्जालमा प्रतिक्रिया मिश्रित देखिएको छ। कतिपयले यस्तो अधिकारको अस्तित्वमै आश्चर्य व्यक्त गरेका छन् भने, धेरैले यसलाई यौन सम्बन्धमा पारदर्शिता र इमानदारी आवश्यक रहेको सन्देशका रूपमा लिएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




