टोकियो,जापान। केहिदिन यता जापानका अधिकांश स्थानमा अत्यन्तै चिसो मौसम महसुस गरिएको छ। मौसम पूर्वानुमान अनुसार उत्तरदेखि पश्चिमसम्मका धेरै क्षेत्रमा चिसो हावा सक्रिय हुँदा तापक्रम सामान्यभन्दा तल झरेको छ।

होक्काइदो र तोहोकु क्षेत्रमा हिमपात र कडा चिसो जारी छ भने कान्तो, चुबु र कन्साइ क्षेत्रमा पनि बिहान र साँझतिर चिसो अझ बढ्ने अनुमान गरिएको छ। पहाडी तथा जापान सागर तटीय क्षेत्रमा केही स्थानमा हिउँ पर्ने सम्भावना देखाइएको छ।

मौसम विभागका अनुसार चिसो हावा केही दिनसम्म कायम रहन सक्ने भएकाले न्यानो लुगा लगाउन, वृद्धवृद्धा तथा बालबालिकालाई विशेष ध्यान दिन, साथै चिसोबाट हुने स्वास्थ्य समस्याप्रति सतर्क रहन आग्रह गरिएको छ। यात्रुहरूलाई सडक चिसो र चिप्लो हुन सक्ने भन्दै सावधानी अपनाउन पनि सुझाइएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार