जापान। कास्की पोखरा समाज जापान र जापानको नागानो प्रान्तस्थित कोमागाने सहरका नगर प्रमुखबीच आपसी सहकार्यलाई थप विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ। उक्त भेटघाटमा नेपाल–जापान नागरिक आदान–प्रदान संघ (ネパール交流市民の会) तथा कोमागाने सहरस्थित नेपाल पुस्तकालय (नेपारु लाइब्रेरी) का प्रतिनिधि तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो।
छलफलका क्रममा नेपाल र जापानबीच सामाजिक, स्वास्थ्य तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत विचार–विमर्श गरिएको छ। प्रमुख एजेन्डाहरूमा पोखरास्थित मातृ तथा शिशु मितेरी अस्पताललाई सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत तथा कर्पोरेट फुरुसातो नोउजे (ふるさと納税) प्रणाली र क्लाउड फन्डिङ सञ्चालन गर्ने, कोमागाने सहरमा नेपाली समुदायको पहिचान झल्किने ‘नेपाली चौतारो (बर पिपलसहित)’ निर्माण गर्ने, साथै केयरगिभर (Caregiver) आदान–प्रदान कार्यक्रम सञ्चालन गर्ने विषयहरू समावेश थिए।
नेपाली समाजमा चौतारो र बर पिपललाई विश्राम, भेटघाट तथा सामूहिक छलफल र निर्णयको प्रतीकका रूपमा लिइन्छ। कोमागाने सहरमा यस्ता सांस्कृतिक प्रतीक समेटिएको संरचना निर्माण गर्ने प्रस्तावले आपसी समझदारी, संस्कृतिप्रतिको सम्मान र दीर्घकालीन मित्रताको सन्देश प्रवाह गर्ने सहभागीहरूले बताएका छन्।
कार्यक्रममा कोमागाने सहरका नगर प्रमुख इतो युजो, एनआरएनए आईसीसी उपाध्यक्ष तथा कास्की पोखरा समाज जापानका संरक्षक रोबिन शेरचन, कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बाँस्तोला, उपाध्यक्ष बिसु भण्डारी, निवर्तमान अध्यक्ष सन्देश अधिकारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कोमागाने सहर र पोखराबीचको ऐतिहासिक सम्बन्ध
कोमागाने सहर (जापान) र पोखरा सहर (नेपाल) बीच सन् २००१ अप्रिल १८ मा ‘अन्तर्राष्ट्रिय सहयोग मैत्री सहर’ सम्झौता सम्पन्न भएको हो। दुवै सहर पर्वतीय पर्यटन सहरका रूपमा परिचित छन्।
यस साझेदारीअन्तर्गत पोखरामा ‘कोमागाने–पोखरा फ्रेन्डसिप पार्क’ निर्माण गरिएको छ। जाइका (JICA) को कोमागाने प्रशिक्षण केन्द्रमार्फत धेरै स्वयंसेवकहरू पोखरामा खटिँदै आएका छन्। साथै सन् १९९५ देखि कोमागाने सहरका माध्यमिक तहका विद्यार्थीहरू पोखरा भ्रमण गर्दै शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा सहभागी हुँदै आएका छन्।
नेपाल–जापान नागरिक आदान–प्रदान संघको पहलमा मातृ तथा शिशु स्वास्थ्य, अस्पताल निर्माण, स्वास्थ्य उपकरण तथा एम्बुलेन्स सहयोगजस्ता परियोजनाहरू सञ्चालन हुँदै आएका छन्। नेपाल पुस्तकालय र विभिन्न सांस्कृतिक कार्यक्रममार्फत दुवै देशबीचको आपसी समझदारी र मित्रता क्रमशः अझ गहिरिँदै गएको सरोकारवालाहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




