टोकियो,जापान। जापानमा वृद्ध जनसंख्या बढ्दै जाँदा केयरगिभरको गम्भीर अभाव देखिइँदै आएको छ। यही सन्दर्भमा जापानले भारतलाई नयाँ श्रम स्रोतका रूपमा हेर्न थालेको छ। ठूला केयर सेवा प्रदायक सोम्पो केयर इन्क. ले भारतबाट नर्सहरु भर्ना गरी जापानी भाषा र केयर सीपको तालिम दिएर दीर्घकालीन करियरतर्फ प्रोत्साहन गरिरहेको जापानी संचार माध्यमले जनाएका छन् ।

सन् २०२४ देखि नर्सिङ पृष्ठभूमि भएका भारतीयलाई करिब ९ महिनाको तालिम पछि जापान ल्याउन थालिएको छ। यस वर्ष पहिलो चरणमा ६ जना भारतीय एसएसडब्लु‘Specified Skilled Worker’ भिसामा जापान आईपुगेका छन्। हाल सोम्पो केयरमा फिलिपिन्स र म्यानमारसहित करिब ३०० विदेशी कर्मचारी कार्यरत छन्।

सरकारी अनुमानअनुसार, सन् २०४० सम्म जापानमा करिब ५ लाख ७० हजार केयरगिभरको अभाव हुनेछ। सन् २०२५ जुनसम्म यो क्षेत्रमा ‘Specified Skilled Worker’ भिसामा करिब ५४ हजार विदेशी कार्यरत छन्, जसमा भारतको संख्या करिब ३०० भए पनि अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशतले बढेको छ।

भाषा सिक्न इच्छुक र संवादमा सक्षम मानिने भारतीय कामदारप्रति स्थानीय सरकारहरूको चासो पनि बढ्दै गएको छ। विज्ञहरूले भने केयरगिभिङलाई स्थिर र सम्मानजनक करियरका रूपमा प्रस्तुत गर्दै विदेशी कामदारका लागि काम गर्ने वातावरण अझ सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार