
टोकियो,जापान। जापानको कार्यालय सामग्री खुद्रा कम्पनी आस्कुल (Askul) ले अक्टोबरमा पत्ता लागेको र्यान्समवेयर साइबर आक्रमणका कारण करिब ७ लाख ४० हजार सेट डेटा चुहावट भएको पुष्टि गरेको छ। चुहावट भएका डेटा व्यक्तिगत ग्राहक, कर्पोरेट ग्राहक तथा कर्मचारीसँग सम्बन्धित रहेको कम्पनीले शुक्रबार जनाएको हो।
कुल चुहावटमध्ये करिब ५ लाख ९० हजार सेट डेटा कर्पोरेट ग्राहकका लागि सञ्चालन हुने कार्यालय सामग्री बिक्री सेवासँग सम्बन्धित छन् भने करिब १ लाख ३० हजार सेट व्यक्तिगत ग्राहकका लागि रहेको ‘लोहेको (Lohaco)’ इ–कमर्स सेवासँग जोडिएका छन्।
कम्पनीका अनुसार व्यक्तिगत ग्राहकका क्रेडिट कार्ड विवरण चुहावट भएको पुष्टि भएको छैन, साथै आक्रमणकारीलाई कुनै पनि फिरौती रकम तिरिएको छैन। आस्कुलले यसअघि डेटा चुहावटको संख्या सार्वजनिक नगरेको र यो पहिलोपटक हो।
आस्कुलले पुष्टि भएको डेटा चुहावटबारे व्यक्तिगत सूचना संरक्षण आयोगलाई जानकारी गराइसकेको र प्रभावित ग्राहक तथा व्यावसायिक साझेदारलाई व्यक्तिगत रूपमा सम्पर्क गर्न सुरु गरेको जनाएको छ।
साइबर आक्रमणबाट संक्रमित भएको आशंका गरिएका उपकरणहरू फालिएको वा प्रणाली पुनःस्थापना गरिएको र हाल कुनै थप खतरा नदेखिएको कम्पनीको भनाइ छ। आस्कुलले अक्टोबर १९ मा साइबर आक्रमण पुष्टि गरेपछि अर्डर र ढुवानी सेवा अस्थायी रूपमा रोकिएको थियो।
हाल चरणबद्ध रूपमा प्रणाली पुनःस्थापना भइरहेको र बुधबारदेखि लजिस्टिक्स प्रणाली पुनः सञ्चालन गर्ने योजना रहेको आस्कुलले जनाएको छ।
यसैबीच, ‘मुजी (MUJI)’ ब्रान्ड सञ्चालन गर्ने र्योहिन केइकाकुले आस्कुलको लजिस्टिक्स इकाइले वितरणको केही हिस्सा सम्हाल्ने भएकाले साइबर आक्रमणपछि रोकिएको अनलाइन बिक्री
पुनः सुरु गर्ने बताएको छ। कम्पनीले डिसेम्बर १ देखि अर्डर प्रक्रिया आंशिक रूपमा सुरु गरिसकेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




