टोकियो,जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गतको क्षेत्रीय समन्वय परिषद् चिबाले प्रत्येक महिनामा विभिन्न समसामयिक विषयवस्तुमा केन्द्रित रहेर ज्ञान र अनुभव भएका विशिष्ट व्यक्तिहरूसँग अनलाइन लाइभ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

एनआरएनए क्षेत्रीय समिति चिबाका सचिव सरोज गिरीका अनुसार, पहिलो एपिसोडका रूपमा जापानमा रहेका विदेशी नागरिकहरूका लागि हाल परिमार्जित नियम/कानुनसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिँदैछ। यस कार्यक्रममा विशिष्ट अतिथि वक्ताका रूपमा जिज्ञान कुमार थापा सहभागी हुने जानकारी गराईएको छ।

कार्यक्रममार्फत जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूले भोग्दै आएका कानुनी जटिलता, नयाँ नियम–कानुन, तथा व्यवहारिक पक्षबारे स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ। सहभागीहरूले प्रत्यक्ष रूपमा आफ्ना जिज्ञासा तथा प्रश्नहरू राख्न सक्ने व्यवस्था समेत गरिएको छ।

उक्त कार्यक्रम एनआरएनए चिबाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। कार्यक्रममा सक्रिय सहभागिता जनाई आफ्ना प्रश्न तथा जिज्ञासा प्रस्तुत गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन एनआरएनए चिबाले सबैलाई हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम विवरण:
मिति: २०२५/१२/२० (शनिबार)
समय: बेलुका ७:०० बजेदेखि
प्लेटफर्म: Facebook Live (NRNA Chiba Official Page)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार