प्रतीकात्मक तस्वीरःएआई

टोकियो,जापान। टोकियोको शिबुया वडाले पछिल्ला वर्षहरूमा जथाभावी फालिने फोहोरको मात्रा तीव्र रूपमा बढेको भन्दै नयाँ कडा नीति सार्वजनिक गरेको छ। यसअनुसार आगामी आर्थिक वर्षदेखि शिबुया स्टेशन अगाडि लगायतका व्यस्त व्यापारिक क्षेत्रमा रहेका कन्भिनियन्स स्टोर, क्याफे तथा टेक–आउट खाना बिक्री गर्ने पसलहरूलाई फोहोर राख्ने डस्टबिन अनिवार्य रूपमा राख्नुपर्ने भएको छ।

शिबुया वडाका प्रमुख हासेबे केनले डिसेम्बर १८ मा नयाँ नियमअनुसार शिबुया, एबिसु र हराजुकु स्टेशन वरपरका व्यस्त क्षेत्रमा रहेका पसलहरू लक्षित छन्। तोकिएअनुसार डस्टबिन नराखेमा वडा कार्यालयले चेतावनी दिनेछ, त्यसपछि पनि नमानेमा ५० हजार येनसम्मको जरिवाना लगाइनेछ।

यसका साथै, शिबुया वडा भित्र जहाँसुकै फोहोर जथाभावी फालेको पाइएमा २ हजार येन जरिवाना लगाइनेछ।संशोधित अध्यादेश आगामी अप्रिलदेखि लागू हुनेछ भने जरिवाना प्रणाली जूनदेखि सुरु गरिने योजना छ।

शिबुया वडाका अनुसार, विदेशी पर्यटकसहित सडकमा मदिरा सेवन गर्नेको संख्या बढेसँगै फोहोरको समस्या गम्भीर बनेको छ।सडक सर्वेक्षणअनुसार, सन् २०२२ मेमा पैदलमार्ग १०० मिटरमा औसत ८ वटा फोहोर भेटिन्थ्यो भने यस वर्ष मेमा यो संख्या ५६.३ वटा पुगेको छ।

जथाभावी फालिएका फोहोरमध्ये अधिकांश खाना–पेयका कन्टेनर र प्याकेजिङ हुन्। पहिचान भएका बिक्री स्रोतमा कन्भिनियन्स स्टोर ६३ प्रतिशत, क्याफे १२ प्रतिशत रहेका छन्।

शिबुया सेन्टर गाइका व्यवसायी र स्वयंसेवकहरूले हरेक बिहान सडक सरसफाइ गर्दै आएका छन्। बिहान ८:३० बजे सुरु हुने सफाइमा करिब १ घण्टामा १० बोरा फोहोर संकलन हुने गरेको छ।
व्यापारिक संघका अनुसार, वार्षिक करिब ५० लाख येन सरसफाइ खर्च भइरहेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार