
टोकियो,जापान। वर्षअन्त्य तथा नयाँ वर्षको लामो बिदा अवधिमा विदेश यात्रा गर्ने जापानीहरूको संख्या करिब १० लाख पुग्ने अनुमान गरिएको छ। ट्राभल कम्पनी जे–टिबीले गरेको सर्वेक्षणअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा ३१.५ प्रतिशतले वृद्धि भएको हो। यससँगै विदेश यात्रा गर्नेको संख्या कोभिड–१९ महामारीअघिको करिब ९० प्रतिशत स्तर मा फर्किने अपेक्षा गरिएको छ।
डिसेम्बर २७–२८ शनिबार–आइतबार परेकाले र त्यसपछि नयाँ वर्षका पहिलो ३ दिन बिदा जोडिँदा लामो बिदाको फाइदा उठाउँदै धेरैले लामो दूरीका गन्तव्य रोज्ने अनुमान छ। जे–टिबीका अनुसार हवाई र युरोप जस्ता गन्तव्यप्रति आकर्षण बढेको छ। सर्वेक्षणले शनिबारदेखि जनवरी ५ तारिखसम्मको बिदा अवधिलाई समेटेको छ।
विदेश तथा स्वदेशी यात्रा दुवैलाई समेट्दा कुल यात्रुको संख्या ३ करोड ९८ लाख ७० हजार पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले बढी हो। यद्यपि, दक्षिण कोरिया र ताइवानजस्ता नजिकका विदेश गन्तव्य रोज्नेको अनुपात भने घटेको छ। यसको सट्टा ४ देखि ६ रात बसाइका यात्राहरू बढेका छन्।
एक यात्रुले औसतमा २ लाख ७५ हजार येन खर्च गर्ने अनुमान गरिएको छ, जुन सन् २००० यताकै सबैभन्दा उच्च स्तर हो। येन कमजोर नै रहे पनि “धेरै उपभोक्ता यस अवस्थासँग अभ्यस्त भइसकेका छन् र विदेश यात्रा गर्न इच्छुक उपभोक्ताको निश्चित समूह अझै सक्रिय छ,” जे–टिबीका एक अधिकारीले बताएका छन्।
जे–टिबीका लोकप्रिय प्याकेजहरूमा युरोपका सहरहरूमा हप–अन, हप–अफ बस टुर, हवाईका रिसोर्ट होटल, तथा ग्रान्ड इजिप्सियन म्युजियम पूर्ण रूपमा खुल्ला भएपछि इजिप्ट यात्राको बुकिङ पनि बढेको कम्पनीले जनाएको छ।
स्वदेशी यात्रातर्फ भने कारमार्फत पुग्न सकिने छोटो पारिवारिक यात्रा बढ्दो क्रममा छन्। १ रात २ दिन का यात्रा कुल यात्रामध्ये करिब ४० प्रतिशत रहेको छ।
यो सर्वेक्षण नोभेम्बर १३ तारिखसम्मका ३ दिन सञ्चालन गरिएको थियो, जसमा वर्षअन्त्य तथा नयाँ वर्ष बिदामा यात्रा गर्ने वा गर्ने सम्भावना रहेको बताएका २ हजार ६० जना सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




