नागोया। जापानको जेआर सेन्ट्रलले शुक्रबार तोकाइदो शिन्कान्सेन (बुलेट ट्रेन) को एउटा डब्बालाई नै डिस्को हलमा रूपान्तरण गर्दै विशेष कार्यक्रम आयोजना गरेको छ। ‘शिन्कान्सेन डिस्को कार’ नाम दिइएको यस कार्यक्रममा यात्रुहरूले रेलभित्रै नाचगान र सङ्गीतको मजा लिए।

टोकियोदेखि शिन–ओसाका जाने क्रममा आयोजना गरिएको यो कार्यक्रम शोवा युग सुरु भएको १ सय वर्ष पुग्न लाग्दै गर्दा त्यसको सम्झनामा गरिएको हो। शोवा युग सन् १९२६ देखि १९८९ सम्म फैलिएको थियो, जुन जापानको सांस्कृतिक तथा आर्थिक इतिहासमा निकै महत्त्वपूर्ण मानिन्छ।

कार्यक्रममा जापानी पप समूह TRF का चर्चित डीजे DJ KOO ले लाइभ प्रस्तुति दिए। साथै, सन् १९८० को दशकको ‘डिस्को बुम’को प्रतीक मानिने महाराजा रोप्पोंगीका डीजेले पनि सङ्गीत बजाएका थिए।

झण्डै ३२ जना यात्रुहरू सहभागी भएको कार्यक्रममा सन् १९८८ मा यही रेलमार्गमा आयोजित ‘इभेन्ट कार डिस्को’लाई पुनर्जीवित गर्ने प्रयास गरिएको आयोजकहरूले बताएका छन्। यसका लागि जेआर सेन्ट्रलले विशेष रूपमा शिन्कान्सेनको एक डब्बा चार्टर गरेको थियो।

गुडिरहेको रेलमै बत्ती, सङ्गीत र नृत्यसहितको यो अनौठो अनुभवले यात्रुहरूलाई पुरानो जापानी डिस्को संस्कृतिको याद दिलाएको छ, भने सामाजिक सञ्जालमा पनि यो कार्यक्रम निकै चर्चामा आएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार