जापान । शिजुओका प्रान्तको इवाता सहरमा पत्नीमाथि कुटपिट गरी घाइते बनाएको आरोपमा एक जना नेपाली नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार सिजुओका प्रान्तको इवाता सहरमा डिसेम्बर २१ तारिख दिउँसो करिब १२ बजे घरभित्रै पत्नीको अनुहारमा मुक्का प्रहार गरी घाइते बनाएको अभियोगमा ३५ वर्षका नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको हो। उनी इवाता सहरको तोयोओका क्षेत्रमा बसोबास गर्ने एक कारखानामा काम गर्ने कर्मचारी भएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, सो व्यक्तिले आफ्नी ३९ वर्षीया पत्नीको अनुहारमा कुटपिट गर्दा चोट लागेको बताइएको छ। घटनापछि पत्नीले “पति बाट कुटपिट भएर घाइते भएँ” भन्दै ११० नम्बरमा फोन गरी प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरी सोधपुछका क्रममा आरोपित व्यक्तिले आफूले कुटपिट गरेको स्वीकार गरेको जनाइएको छ। प्रारम्भिक अनुमानमा दम्पतीबीचको मौखिक विवाद(भनाभन)नै घटनाको कारण बनेको देखिएको छ।

घटनाबारे थप विवरण संकलन गर्दै प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जापानी संचार माध्यमहरुले जनाएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार