नेपाल कुनै एक व्यक्ति, वर्ग, दल वा समूहको मात्र होइन। यो देश सबै नेपालीको साझा घर हो। यहाँ विचारको स्वतन्त्रता हुनुपर्छ,असहमतिको सम्मान हुनुपर्छ र हरेक नागरिकले सुरक्षित, सम्मानजनक र सुखी जीवन बाँच्न पाउनुपर्छ।
नेपालको इतिहास आन्दोलन, बलिदान र परिवर्तनको अपेक्षाले भरिएको छ। तर आज एक गम्भीर प्रश्न हामी सबैको सामु उभिएको छ-के ती आन्दोलनहरूले जनताले चाहेजस्तै परिणाम दिन सके?
आन्दोलनहरूले देखाएको आशा र यथार्थ लाइ वास्तविकतामा बदल्न सक्यौँ यो प्रश्नको उत्तर हामी संगै छ।
नेपालका हरेक आन्दोलन ठूलो परिवर्तनको सपना बोकेर जन्मिएका हुन्। तर परिवर्तन आफैं हुँदैन। त्यसका लागि सचेत नागरिक, विवेकशील निर्णय र जिम्मेवार नेतृत्व अपरिहार्य हुन्छ।बुझौ एकपटक अहिले सम्मको हाम्रो आन्दोलन यात्रा समिक्षागरौँ।
बिक्रम सम्वत २०३६ सालको जनमत संग्रह आन्दोलन भयो जसमा पञ्चायती व्यवस्था र बहुदलीय प्रणालीबीच भएको जनमत संग्रहले राजनीतिक चेतना फैलायो। जनताले पहिलो पटक आफ्नो मतको मूल्य महसुस गरे। तर संरचनागत परिवर्तन सीमित रह्यो, शक्तिको केन्द्र जनतासम्म आइपुग्न सकेन। फलस्वरूप आन्दोलनको सोचेअनुरूप औचित्य रहेन।
बिक्रम सम्वत २०४६ सालमा फेरी जनआन्दोलन सुरु भयो तीन दशक लामो पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो। दर्जनौं नागरिकले आफ्नो जीवन बलिदान दिए। आशा ठूलो थियो, तर समयसँगै शासन प्रणाली कमजोर हुँदै गयो र जनअपेक्षा फेरि अधुरै रह्यो।
बिक्रम सम्वत २०५२–२०६२, १० वर्षे सशस्त्र द्वन्द्व भयो राजनीतिक असन्तुष्टिले सशस्त्र द्वन्द्वको रूप लियो। यस अवधिमा १७ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए। हजारौं घाइते, अपांग, विस्थापित र बेपत्ता भए। उद्देश्य न्याय, समानता र समृद्धि थियो, तर द्वन्द्वपछिको व्यवस्थापनले जनताको घाउ राम्ररी निको पार्न सकेन।
फेरी २०६२/६३ को ऐतिहासिक जनआन्दोलन भयो राजतन्त्रको अन्त्य भयो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। संविधान निर्माणको बाटो खुल्यो। देशले नयाँ राजनीतिक मोड लियो र जनतामा फेरि आशाको दीप प्रज्वलित भयो। आशा आशा आशा संगै पुनः संविधानपछिका आन्दोलनहरू सुरु हुन् थाले मधेस आन्दोलन, पहिचान र समावेशिताका संघर्ष तथा संघीयता कार्यान्वयनसम्बन्धी असन्तुष्टिले राज्य र नागरिकबीचको दूरी अझै पूर्ण रूपमा घट्न नसकेको यथार्थ उजागर भयो यस्तै यस्तै आन्दोलनहरु निरन्तर चलिरहे हाम्रो संरचना टुटफुट र जलिरहे।
अब नजिकैकोकुरा गरौ, हालैको ‘जेंजी आन्दोलन’
हालै भएको जेंजी आन्दोलनले देशलाई गहिरो संवेदनामा पुर्याएको छ। यस क्रममा ७६ जना निर्दोष बालबालिकाले ज्यान गुमाए र दर्जनौं घाइते भए। यी संख्या मात्र होइनन्—यी अधुरा सपना, अपुरा भविष्य र हाम्रो सामूहिक असफलताको पीडादायी स्मृति हुन्। यस घटनाले राज्य, समाज र नेतृत्वलाई गम्भीर आत्मसमीक्षाको कठोर सन्देश दिएको छ। अब हामीले अखा खोल्ने बेला आएको छ।
हामी कहाँ चुक्यौं ?
हामी सधैँ आन्दोलनमै रहने हो? सधैँ कुर्सी र सत्ताकै वरिपरि घुमिरहने हो? र अन्ततः बाध्य भएर देश छाडेर विदेशिनु नै हाम्रो नियति बनाउने हो? कि अब हामी सोच्ने, बुझ्ने र सही निर्णय गर्ने चरणमा प्रवेश गर्ने? इतिहासले आज हामीसँग प्रश्न गरिरहेको छ—अझै कति बलिदान आवश्यक छ?
देश सुधार सबैको साझा जिम्मेवारी देश सुधार केवल राजनीतिज्ञको जिम्मा होइन। यो देश श्रमिक, किसान, व्यापारी, पत्रकार, कलाकार, नागरिक समाज, अभियन्ता, शिक्षक–विद्यार्थी, युवा–वृद्ध, महिला–पुरुष र लैङ्गिक अल्पसंख्यक—सबैको हो। राजनीतिक दाउपेचका कारण हाम्रो समाज, परिवार, व्यवसाय, पत्रकारिता र संस्कृतिलाई टुक्राटुक्रा पार्ने काम अब रोकिनुपर्छ।
यस्ता ऐतिहासिक अवसरहरू सधैँ आउँदैनन्। आज पनि नसोचे—फेरि कहिले सोच्ने?
अब भावनामा होइन, विवेकमा आधारित निर्णय गरौं
अब समय आएको छ—विगतदेखि वर्तमानसम्म गहिरो अध्ययन गर्ने, भावनामा होइन तथ्य र व्यवहारिकतामा आधारित सोच बनाउने, शिक्षा र चेतनालाई प्राथमिकता दिने, र देशलाई राजनीतिक दलमार्फत जिम्मेवार तथा निर्णायक दिशातर्फ लैजाने।
३६ वर्षको राजनीतिक यात्रामा पुराना दल र नेतृत्वलाई हामी सबैले नजिकबाट देखिसकेका छौं। समय फेरियो, संसार फेरियो, तर हामी किन फेरिन सकेनौं?
अब हामी, आशा, विश्वास र जिम्मेवार विकल्प बन्नु पर्दछ।
देश बचाउने जिम्मेवारी कसैको एक्लो होइन। यो हामी सबैको साझा दायित्व हो। आज सचेत भएनौं भने भोलि यसको मूल्य हाम्रो पुस्ता र भोलिका पुस्ताले चुकाउनुपर्नेछ। त्यसैले—पढौं, बुझौं, शिक्षित बनौं, व्यवहारिक बनौं र सही निर्णयमार्फत देशको भविष्य आफैं निर्माण गरौं।
यही सन्दर्भमा, आज नेपाली जनतामा केही आशा र केही विश्वास जगाउन सफल, छोटो समयमै आफूलाई विश्वसनीय र वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जिम्मेवार साथ र सहयोग आवश्यक देखिन्छ। यो कुनै व्यक्ति वा दलको पक्षमा होइन—यो देशको भविष्यप्रतिको जिम्मेवार निर्णय हो।त्यसैले म अन्तिम आह्वान : एकता र इतिहासप्रतिको जवाफदेहिता सहित सबै लाइ अनुरोध गर्दछु।
अब आवश्यक छ—सबै मिल्ने। नागरिक समाज, पत्रकार, कलाकार, बौद्धिक वर्ग तथा देशभित्र र देशबाहिर रहेका सम्पूर्ण नेपाली एकै ठाउँमा उभिनु आवश्यक छ।
हाम्रो देश आज विश्वासको शक्ति र निराशाको बोझबीच उभिएको छ। अब विश्वासलाई शक्तिशाली बनाऔं र देशलाई सुशासन, स्थायित्व र समृद्धिको बाटो तर्फ लैजाऔं।
हालैको जेंजी आन्दोलनले हामीलाई चेतावनी दिएको छ—७६ जना निर्दोष बालबालिकाको रगतले लेखिएको इतिहास हामीले बिर्सन मिल्दैन। यदि फेरि पनि उही पुरानो सोच, उही शैली र उही गल्ती दोहोर्याउने हो भने—यो देश कसले बनाउने? कहिले बनाउने?
अब निर्णय गर्ने बेला आएको छ।
इतिहासले हामीलाई हेरिरहेको छ। त्यसैले निर्वाचन मार्फत आफ्नो मत परिवर्तन गरि नेपाली राजनीतिमा शान्ति पाउदा गरौ। धन्यवाद
(दिलेन्द्र प्रसाद जोशी, प्रवास नेपाली सम्पर्क बिभाग जापान सस्थापक सभापति हुन् ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




