ओसाका/जापान। जापानको कान्साई क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागि अंग्रेजी नयाँ वर्ष सन २०२६ को अवसरमा भव्य सांगीतिक कार्यक्रम ‘सांगीतिक धमाका २०२६’ आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय समिति कान्साईको आयोजनामा हुन लागेको उक्त कार्यक्रम कन्साई क्षेत्रमा रहेका नेपालीहरूका लागि सहयोगार्थ अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको हो।

एनआरएनए जापान कान्साईका उपसंयोजक तथा नयाँ वर्ष विशेष कार्यक्रमका संयोजक शंकर भुषालका अनुसार कार्यक्रममा चर्चित गायक हेमन्त शर्मा, प्रकाश पन्तुजाली तथा लोकप्रिय गायिका अस्मिता डल्लाकोटीको विशेष सांगीतिक प्रस्तुति रहने छ । नयाँ वर्षलाई सांगीतिक उत्सवका रूपमा मनाउँदै कन्साईमा बसोबास गर्ने नेपालीहरूलाई एकताबद्ध गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम जनवरी १ तारिख सन २०२६ (बिहीबार) का दिन साँझ ५:०० बजेदेखि राति ९:०० बजेसम्म ओसाकास्थित सनराईज ईभेन्ट हलमा सम्पन्न हुनेछ। कार्यक्रममा सहभागी हुन चाहनेका लागि प्रवेश शुल्क २ हजार येन तोकिएको छ।

आयोजक संस्थाले कान्साई तथा आसपासका क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार