
टोकियो,जापान। जापानमा नयाँ वर्षको लामो बिदा सुरु भएसँगै घर फर्किने यात्रुहरूको भिड शनिबार चरममा पुगेको छ।आज आईतबार पनि बिहानैदेखि प्रमुख रेलस्टेसन र विमानस्थलहरूमा यात्रुको बाक्लो चाप देखिएको छ। सुटकेस र उपहार बोकेका परिवारहरू प्लेटफर्म र चेक–इन काउन्टरमा लाम लागिरहेका छन्। यस वर्षको बिदा अवधि अधिकतम ९ दिनसम्मको रहेको छ।
वर्षभरि बढ्दो महँगी र कामकाजी व्यस्ततापछि धेरैले नयाँ वर्षको अवसरमा परिवारसँग समय बिताउन घर फर्किने योजना बनाएका छन्। राजधानी क्षेत्रका मुख्य यातायात केन्द्रहरूमा यात्रु व्यवस्थापनका लागि अतिरिक्त कर्मचारी परिचालन गरिएको छ।
टोकियो स्टेशन र सिनओसाका स्टेशन मा शिन्कानसेन तथा सीमित एक्सप्रेस सेवामा यात्रुको चाप उच्च देखिएको छ। उता, हानेदा एयरपोर्ट मा पनि घरेलु उडानतर्फ जाने यात्रुहरूको आवागमन उल्लेख्य रूपमा बढेको छ।
सम्बन्धित निकायहरूले भीडभाडका कारण ढिलाइ हुन सक्ने भन्दै समयमै स्टेशन र विमानस्थल पुग्न तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्। नयाँ वर्ष नजिकिँदै जाँदा आगामी केही दिनसम्म घरफर्किने यात्रुको चाप उच्च रहने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




