टोकियो,जापान । जापानको राष्ट्रिय प्रहरी एजेन्सी र अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले नयाँ वर्षको अवसरमा मोची (चामलबाट बनेको केक) खाँदा वृद्धवृद्धाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
यो चेतावनी हरेक वर्ष यसै समयमा दिइँदै आएको छ। चिप्लो र टाँसिने स्वभावका कारण मोची खाँदा वृद्धवृद्धामा घाँटी अड्किने दुर्घटना बारम्बार हुने गरेको छ।
स्वास्थ्य अधिकारीहरूले मोचीसँग सम्बन्धित दुर्घटनाबाट बच्नका लागि केही सावधानी अपनाउन सुझाव दिएका छन्। मोची खानुअघि चिया वा सुप पिएर घाँटी भिजाउने, मोचीलाई साना र सजिलै चपाउन मिल्ने टुक्रामा काट्ने, हतारमा ननिल्ने र राम्ररी चपाएर मात्र निल्ने सुझाव दिइएको छ।
नयाँ वर्षको समयमा परिवारहरू परम्परागत रूपमा ओजोनी सुप पकाउने गर्छन्, जसमा तरकारीको झोलसँगै मोची हालिन्छ। यस वर्ष जनवरीको पहिलो तीन दिनमै टोकियोमा मा मोची घाँटीमा अड्किएर ९ जनालाई अस्पताल लगिएको थियो। तीमध्ये दुई जनाको पछि मृत्यु भएको छ।
नयाँ वर्षका परम्परागत परिकारको आनन्द लिँदा विशेषगरी वृद्धवृद्धाको सुरक्षालाई ध्यानमा राख्न अधिकारीहरूले पुनः आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




