टोकियो,जापान। जापानमा क्रियाशील नेपाली समुदायको सामाजिक–सांस्कृतिक संस्था लेखानी समाज जापान को चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट दीपक कँडेल निर्विरोध रूपमा अध्यक्षमा चयन भएका छन् ।

अधिवेशनले संस्थाको भावी कार्यदिशा तय गर्दै नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको हो। समाजको एकता, पहिचान र संस्थागत सुदृढीकरणमा नयाँ नेतृत्वको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।

चौथो अधिवेशनबाट चयन भएको कार्यसमितिमा अध्यक्षमा दीपक कँडेल,उपाध्यक्षमा श्याम प्रसाद कँडेल र होम ब. श्रीष चयन भएका छन् भने सचिवमा प्रेम सागर गौतम चयन भएका छन् । यसैगरी सह–सचिवमा बेल जि.सी. चयन भएका छन्।

कोषाध्यक्षमा हेमन्त क्षेत्री गणेश र सह–कोषाध्यक्षमा तेज प्रसाद कँडेल चयन भएका छन् । सदस्यहरूमा गोपाल के.सी., तुलसी राम कँडेल, टिका राम कँडेल, राम प्रसाद कँडेल, कौशिला कँडेल र संगिता क्षेत्री रहेका छन् ।

नव–निर्वाचित कार्यसमितिले समाजभित्र आपसी सहकार्य, सहभागिता र सामूहिक प्रयासलाई प्राथमिकतामा राख्दै संस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार