टोकियो,जापान। जापानको ओकिनवा सहरमा रहेर जापानी रेडियो तथा टेलिभिजनमा कमेडी कार्यक्रम गर्दै आएका नेपाली हास्य कलाकार राम प्रसाद आचार्यले एक टेलिभिजनको हास्य कार्यक्रमको दोस्रो पटक उपाधी जितेका छन्।
हरेक वर्ष नयाँ वर्षको अवरसमा ओकिनवा टिभि(OTV) बाट प्रत्यक्ष प्रसारण हुने,कमेडियन कम्पिटिसन शो ०-१ गुरान्पुरीमा आचार्यको जोडी विजयी भएको हो।
सुरुवातामा करिब ९० जना प्रतिष्पर्धी कलाकार तथा कलाकार जोडि सहभागिता रहेकोमा त्यसबाट २५ वटा ग्रुप छनौट भएको थियो । प्रतिष्पर्धाको दोस्रो चरणमा पुग्दा सम्ममा ९ कलाकार जोडिहरु प्रतिष्पर्धामा बाँकी रहेका थिए ।अन्तिममा उत्कृष्ट ९ समूह छनौट गरि दर्शक तथा निर्णायकहरुको मतको आधारमा उपधी प्रदान गरिएको थियो।
जापानको ओकिनवा क्षेत्रको सर्वाधिक लोकप्रिय हाँस्यकलाकारको उपाधी जितेका राम प्रसाद आचार्यको जोडिले १० लाख येन नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका थिए। उनले पछिल्लो ६ वर्षयता जापानको ओकिनवामा रहेर रेडियो,टेलिभिजन तथा विभिन्न स्टेजहरुमा नियमितरुपमा केमेडी शो गर्दै आएका छन् ।
उनि एक जापानीसंगको जोडिकारुपमा めーばーカリ नामक कमेडी शो मार्फत लोकप्रिय छन् ।राम प्रसाद ११ वर्षअघि विद्यार्थीको रुपमा जापान आएका थिए भने अहिले आफ्नो मूख्य पेशासंगै कलाकारितालाई अघि बढाईरहेका छन् । आचार्यको कर्मलाई यस अघि नै नेपालन्युजपोस्टले समाचारमा प्रस्तुत गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




