टोकियो,जापान। नयाँ वर्षको पहिलो ३ दिनभित्र मोची (चामलको केक) घाँटीमा अड्किएर टोकियोमा ८० देखि ९६ वर्ष उमेर समूहका ७ जना पुरुष तथा महिला अस्पताल भर्ना गरिएको टोकियो अग्नि नियन्त्रण विभागले जनाएको छ।
तीमध्ये ८० वर्षीया एक महिलाको मृत्यु भएको पुष्टि गरिएको छ। विभागका अनुसार ती महिलाले जनवरी १ को बिहान करिब १:१० बजे टोकियोको मिनातो वार्डस्थित आफ्नै घरमा दाइफुकु (मोची) खाँदा घाँटीमा अड्किएको थियो। उनलाई तत्काल अस्पताल लगिएको भए पनि अस्पताल पुग्नासाथ मृत घोषणा गरिएको जापानी सञ्चारमाध्यमले जनाएको छ।
गत वर्ष पनि यही अवधिमा टोकियोमा मोची घाँटीमा अड्किएर ९ जना अस्पताल भर्ना भएका थिए, जसमध्ये २ जनाको ज्यान गएको थियो।
स्वास्थ्य निकायहरूले मोची सेवन गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएका छन्। मोची खानु अघि चिया वा सुप पिएर घाँटी भिजाउने, मोचीलाई सानो–सानो टुक्रा पारेर खाने, हतार नगरी बिस्तारै चपाएर निल्ने जस्ता उपाय अपनाउन सुझाव दिइएको छ।
जापानमा नयाँ वर्षको समयमा परम्परागत रूपमा परिवारहरूले ओजोनि सुप पकाउने र त्यसमा मोची हालेर खाने चलन छ। तर विशेषगरी वृद्धवृद्धाका लागि मोची सेवन गर्दा जोखिम हुने भएकाले थप सतर्कता आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




