टोकियो,जापान। टोकियोको तोयोसु बजारमा जनवरी ५ को बिहान नयाँ वर्षको परम्परागत हाचु–सेरी (पहिलो लिलामी) सम्पन्न भएको छ। यस क्रममा आओमोरी प्रिफेक्चरको ओमा सहरबाट पानीजहाजले उतारेको ब्लूफिन टुना माछा ५१ करोड ३ लाख येनमा बिक्री भएको छ। यो मूल्य सन् १९९९ यता अभिलेखमा रहेकोमध्ये सबैभन्दा उच्च हो।
टोकियोको कोतो वार्डस्थित तोयोसु बजारमा बिहानैदेखि जापानभरि तथा विश्वका विभिन्न बन्दरगाहबाट ल्याइएका ताजा र फ्रोजन टुनाहरू लिलामीका लागि राखिएका थिए। सुरुवातमा थोक व्यापारी संघका प्रतिनिधिले “टोकियो, जापान र विश्वसम्म टुनाको शक्ति देखाउँदै मत्स्य उद्योगलाई थप उचाइमा पुर्याऔँ” भन्दै शुभकामना व्यक्त गरे।
बिहान ५ बजेपछि घण्टीको संकेतसँगै लिलामी सुरु हुँदा, लिलामीकर्ताहरूको जोशिलो आवाजसँगै ठूला–ठूला टुनाहरू क्रमशः बिक्री हुँदै गए। यस वर्षको सबैभन्दा महँगो टुना भने ओमाबाट आएको २४३ किलोग्राम तौलको ब्लु टुना रह्यो, जसको मूल्य ५१ करोड ३ लाख येन पुगेको छ। यो रकम सन् २०१९ मा बनेको ३३ करोड ३६ लाख येनको अघिल्लो कीर्तिमानभन्दा उल्लेख्य रूपमा बढी हो।
उक्त टुना टोकियोको सुकिजीमा मुख्यालय रहेको सुशी चेन सुसि जान्माइले किनेको हो। लिलामीपछि कम्पनीका अध्यक्ष किमुरा कियोशीले “टुना देखेपछि किन्न मन लागिहाल्यो। रकम अलि चकित पार्ने खालको भए पनि, यो टुना धेरैभन्दा धेरै मानिसले खाएर उत्साह र ऊर्जा पाऊन् भन्ने चाहना हो,” भन्दै प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




