टोकियो,जापान। जापानमा यस वर्ष जेआर इस्ट सहित विभिन्न रेल कम्पनीहरूले ट्रेनको भाडा बढाउने भएका छन्। मानवश्रम लागतमा वृद्धि र लामो समयदेखि रोकिएका ठूला मर्मतसम्भार कार्यका कारण भाडा समायोजन गर्नुपरेको ट्रेन कम्पनीहरूको भनाइ छ।
जेआर उस्टले आगामी मार्च १४ देखि औसत ७.१ प्रतिशतले भाडा बढाउने घोषणा गरेको छ। यसअनुसार, टिकटमार्फत यात्रा गर्दा प्रारम्भिक भाडा १० येन बढेर १६० येन पुग्नेछ भने आईसी कार्ड प्रयोग गर्दा ८ देखि ९ येन बढेर १५५ येन हुनेछ। उपभोग कर लागू वा वृद्धि गरिएको समयबाहेक, १९८७ मा कम्पनी स्थापना भएयता यो पहिलो पटक भाडा बढाउन लागिएको हो।
त्यसैगरी,सेइबु रेलवेले पनि मार्च १४ देखि औसत १०.७ प्रतिशत ले भाडा बढाउने भएको छ। सेइबु रेलमा टिकटको भाडा १० येन बढेर १७० येन र आईसी कार्डको भाडा १२ येन बढेर १६९ येन हुनेछ।
चुकुबा एक्सप्रेसमा पनि मार्च १४ देखि औसत १२.२ प्रतिशत ले भाडा बढ्नेछ। यसअनुसार, टिकट र आईसी कार्ड दुवैको प्रारम्भिक भाडा १०- १२ येन बढेर १८० येन पुग्नेछ। २००५ मा सञ्चालन सुरु भएयता चुकुबा एक्सप्रेसमा यो पहिलो पटक भाडा वृद्धि हुन लागेको हो।
त्यस्तै, फुकुओका प्रिफेक्चरमा सञ्चालन हुने निशिनिप्पोन रेलवेले पनि अप्रिल महिनादेखि औसत १२.४ प्रतिशत ले भाडा बढाउने घोषणा गरेको छ। यसमा टिकट र आईसी कार्ड दुवैको भाडा १० येन बढेर १८० येन हुनेछ। निशिनिप्पोन रेलवेमा २९ वर्षपछि भाडा बढ्न लागेको हो।
रेल कम्पनीहरूका अनुसार, मानवश्रम लागतको तीव्र वृद्धि, सामग्री मूल्य महँगिनु, तथा कोरोना महामारीका बेला रोकिएका ठूला पूर्वाधार मर्मत कार्यलाई अघि बढाउनुपर्ने भएकाले भाडा बढाउनुपरेको हो। यद्यपि, भाडा वृद्धिसँगै यात्रुहरूले सेवा गुणस्तर र सुरक्षामा पनि समानुपातिक सुधारको अपेक्षा गर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




