टोकियो,जापान। जापानमा गत एक वर्षको अवधिमा सवारी दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४७ जना रहेको छ, जुन तथ्यांक सङ्कलन सुरु भएयताकै सबैभन्दा कम हो। अघिल्लो वर्षको तुलनामा यो संख्या १ सय १६ जनाले घटेको जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ।
प्रहरीका अनुसार, सन् शोवा २३ (सन् १९४८) देखि तथ्यांक राख्न थालिएयता सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या यसपटक सबैभन्दा कम दर्ज भएको हो। यद्यपि, सरकारले गत वर्षसम्म वार्षिक सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार जनाभन्दा कममा झार्ने लक्ष्य राखे पनि त्यो लक्ष्य भने पूरा हुन सकेन।
प्रान्तगत रूपमा हेर्दा, सवारी दुर्घटनाबाट सबैभन्दा धेरै मृत्यु हुने प्रान्तमा कानागावा रहेको छ, जहाँ १ सय ३९ जनाको ज्यान गएको छ। त्यसपछि टोकियोमा १ सय ३४ जना र होक्काइदोमा १ सय २९ जनाको मृत्यु भएको तथ्यांक छ।
मृत्यु हुनेमध्ये ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाको संख्या १ हजार ४ सय २३ जना रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९० जनाले कम हो। वृद्धसम्बन्धी तथ्यांक सङ्कलन सुरु गरिएको शोवा ४१ (सन् १९६६) यताकै यो सबैभन्दा कम संख्या हो। प्रहरीका अनुसार, पैदल हिँड्दा र साइकल चलाउँदा हुने दुर्घटनामा उल्लेखनीय कमी आएको छ।
यसैगरी, गत एक वर्षमा सवारी दुर्घटनाका कुल घटना संख्या प्रारम्भिक तथ्यांकअनुसार २ लाख ८७ हजार २ सय ३६ वटा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३ हजार ६ सय ५९ वटा कम हो।
यद्यपि, सरकारी लक्ष्य हासिल हुन नसकेपछि राष्ट्रिय प्रहरी एजेन्सीले मद्यपान गरेर सवारी चलाउने, तथा मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउनेजस्ता खतरनाक (नागरा) ड्राइभिङ विरुद्ध कडाइका साथ निगरानी र कारबाही गर्दै दुर्घटना न्यूनीकरणमा थप प्रयास गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




