टोकियो, जापान।जापानमा सांगीतिक भ्रमणमा रहेका गायिका अस्मिता डल्लाकोटी र गायक प्रकाश पराजुलीलाई टोकियोमा एक विशेष कार्यक्रमका बीच स्वागत तथा सम्मान गरिएको छ। धादिङ समाज जापान र स्याङ्जा समाज जापान ले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रम बुधबार साँझ टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा सम्पन्न भएको हो।

कार्यक्रममा धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठ, स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्की, दुवै संस्थाका कार्यसमिति पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरूको उपस्थिति थियो। साथै गैरआवासीय नेपाली संघ जापान का विभिन्न पदाधिकारीहरू, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को जापान शाखाका प्रतिनिधिहरू तथा धादिङे र स्याङ्जाली समुदायका सदस्यहरूको बाक्लो सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता स्याङ्जा समाज जापानका अध्यक्ष वेद कार्कीले गरेका थिए भने गैरआवासीय नेपाली संघ आईसिसीका उपाध्यक्ष रोबिन शेरचन प्रमुख अतिथिका रूपमा रहेका थिए। कार्यक्रमको सञ्चालन धादिङ समाज जापानका महासचिव सुशान्त बानियाँले गरेका थिए। कार्यक्रममा कलाकारहरुलाई समाजका तर्फबाट सम्मान पत्र तथा भौतिक उपहारहरु सहित सम्मान गरिएको थियो।

कार्यक्रममा कलाकारद्वय डल्लाकोटी र पराजुलीले नेपाली लोकसंगीत तथा दोहोरीमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । आयोजक संस्थाहरूले नेपाली कला–संस्कृतिको प्रवर्द्धन र कलाकारहरूको सम्मानका लागि यस्ता कार्यक्रम निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार