टोकियो,जापान। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत चिबा क्षेत्रीय समितिले प्रत्येक महिना ज्ञान, अनुभव र समसामयिक विषयवस्तुमा केन्द्रित अनलाइन लाइभ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही शृङ्खलाअन्तर्गत एनआरएनए चिबा वेबीनार प्रोग्राम(NRNA Chiba Webinar Program )को दोस्रो एपिसोड फेब्रुअरी १ तारिख आयोजना गरिने भएको छ।
यस एपिसोडमा यस वर्षकालागि अझै पनि ‘स्युस्योकु’ (जागिर)निश्चित नभएका विद्यार्थीहरूलाई लक्षित गर्दै स्युस्योकु प्रक्रिया र अब गर्नुपर्ने तयारी सम्बन्धी प्रत्यक्ष तथा व्यवहारिक जानकारी प्रदान गरिनेछ। कार्यक्रममा अतिथि वक्ताकारुपमा यस विषयका जानकार डा. भुपालमान श्रेष्ठसंग अन्तरक्रियात्मक कुराकानी गरिने बताइएको छ।
आयोजक संस्थाले जनाए अनुसार उक्त कार्यक्रममा सहभागीहरूले आफ्ना जिज्ञासा र प्रश्नहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन् ।
उक्त कार्यक्रम एनआरएनए जापान चिबाको फेसबुक तथा टिकटोक मार्फत प्रसारण गरिनेछ। विद्यार्थी, अभिभावक तथा इच्छुक सबैलाई लाइभ कार्यक्रममा सहभागी भई कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अनुरोध गरिएको छ।
कार्यक्रम विवरण
• मिति: २०२६/०२/०१ (आइतबार)
• समय: बेलुका ७:०० बजेदेखि
• प्लेटफर्म: Facebook Live, TikTok Live (NRNA Chiba Official Page)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




