टोकियो,जापान।सन २०२६ को हेनली पासपोर्ट इन्डेक्स सार्वजनिक भएसँगै विश्वका विभिन्न देशका पासपोर्टको शक्ति पुनः तुलना गरिएको छ। भिसा-रहित वा आगमनमा(अनअराईभल)भिसा लिएर यात्रा गर्न सकिने देश तथा क्षेत्रको सङ्ख्यालाई आधार मानेर तयार गरिएको यस सूचिमा सिंगापुरको पासपोर्ट पहिलो र जापानको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली सूचिमा परेको छ, जबकि नेपालको पासपोर्ट भने विश्व सूचीको धेरै तल रहेको देखिएको छ।
हेनली पासपोर्ट इन्डेक्स २०२६ अनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली (पहिलो स्थान) बनेको छ। सिंगापुर पासपोर्टधारीले करिब १९५ देश तथा क्षेत्रमा भिसा-रहित वा आगमनमा भिसा लिएर यात्रा गर्न सक्ने सुविधा पाएका छन्।
यसै सूचिमा जापान र दक्षिण कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन्। जापान र दक्षिण कोरियाको पासपोर्टबाट करिब १९० भन्दा बढी देश तथा क्षेत्रमा भिसा-रहित वा आगमनमा भिसा लिएर यात्रा गर्न सकिन्छ। कूटनीतिक सम्बन्ध, अन्तर्राष्ट्रिय विश्वास र स्थिर परराष्ट्र नीतिका कारण यी देशका पासपोर्टले उच्च स्थान कायम राखेका विश्लेषण गरिएको छ।
तर, नेपालको अवस्था भने निराशाजनक देखिन्छ। हेनली सूचि अनुसार नेपालको पासपोर्ट ९६ औं स्थान रहेको छ। नेपाली पासपोर्टधारीले करिब ३५ देश आसपासमा मात्र भिसा-रहित वा आगमनमा भिसा लिएर यात्रा गर्न सक्ने सुविधा पाउँछन्। अधिकांश विकसित तथा विकसित हुँदै गरेका देशमा नेपाली नागरिकलाई अग्रिम भिसा प्रक्रिया अनिवार्य हुने गरेको छ।
विशेषज्ञहरूका अनुसार पासपोर्टको शक्ति कुनै देशको आर्थिक अवस्था मात्र होइन, कूटनीतिक पहुँच, अन्तर्राष्ट्रिय विश्वास, आप्रवासन नीति र विश्व राजनीतिमा त्यस देशको भूमिकासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। यही कारण जापानजस्ता देशका नागरिकले विश्वभर सहज यात्रा गर्न पाउँदा नेपाली नागरिक भने अझै कडा भिसा प्रक्रियाको सामना गर्न बाध्य छन्।
सन २०२६ को यो सूचिले अन्तर्राष्ट्रिय यात्रामा रहेको असमानता प्रस्ट देखाएको छ। नेपाली पासपोर्टको शक्ति बढाउन कूटनीतिक पहल, द्विपक्षीय भिसा सम्झौता र अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि अपरिहार्य रहेको विश्लेषकहरुको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




