टोकियो,जापान। शेर्पा संघ जापानले सदाको बर्षझै यसबर्षपनि “प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण, शेर्पा संघ जापानको मूल अभियान” भन्ने नाराकासाथ हिमाली बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसार (ता लो-२१५३ औं) भव्य रूपमा मनाउने भएको छ। कार्यक्रम मार्च १ तारिख आइतबार टोकियो हामामाचुच्यो स्थित मन्दिर रेष्टुरेन्टमा बिहान ११ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा शेर्पा समुदायका चर्चित हाल युरोपमा रहनुभएका गायक सोनाम शेर्पा कोशिस ,नेपालबाट चर्चित डिजे छेवाङ शेर्पाको साथमा स्थानिय शेर्पा कलाकारहरु सोनाम कहानी, दावा के शेर्पाको विशेष सांगीतिक प्रस्तुति रहनेछ। कार्यक्रममा स्थानीय कलाकारहरूले पनि विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहने शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामाले जानकारी दिनुभएको छ ।
यसैबीच शेर्पा संघ जापान क्षेत्रिय कमिटि कान्साइले कोबेमा फेब्रुवरी २१ तारिख शनिबार साँझ जापानको समयअनुसार ७ बजेदेखि बिहान ६ बजेसम्म र शेर्पा संघ जापान क्षेत्रिय कमिटि किताकान्तोले मार्च ७ तारिख शनिबारको दिन गुन्मास्थित अटो बार तथा रेष्टुरेन्टमा जापानको समयअनुसार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म आयोजना हुने संघका महासचिव ङवाङ दोर्जी शेर्पाले जानकारी दिनुभएको छ ।
तिनवटै स्थानमा फरक फरक मिति समय र स्थानमा हुन लागिरहेको ग्याल्पो ल्होसार कार्यक्रममा शेर्पा जातिहरुको मौलिक पहिचान संस्कार संस्कृति तथा नृत्यहरु प्रस्तुत हुने भएकोले उपस्थितिको लागि आम जापानबासी शेर्पा तथा गैर शेर्पा महानुभावहरुलाइ शेर्पा संघ जापानले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




