काठमाडौं। सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै नेपालमा पनि डिजिटल सेवा प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ। यही क्रममा नेपाल केन्द्रित डिजिटल ट्राभल तथा सेवा बुकिङ प्लेटफर्म ebookingnepal.com औपचारिक रूपमा सञ्चालनमा आएको छ।
कम्पनीद्वारा जारी प्रेस नोटअनुसार, होटल, ट्राभल, टुर प्याकेज तथा अन्य सेवा बुकिङलाई एकीकृत, सहज, सुरक्षित र भरपर्दो बनाउने उद्देश्यसहित यो प्लेटफर्म सुरु गरिएको हो। डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई अझ बढी प्रयोगमैत्री बनाउँदै नेपाली हस्पिटालिटी क्षेत्रमा नयाँ मानक स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
ebookingnepal.com को औपचारिक शुभारम्भ कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल सहित पर्यटन, प्रविधि तथा अर्थ क्षेत्रका सरोकारवाला व्यक्तित्वहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ।
यस प्लेटफर्ममार्फत होटल बुकिङ, ट्राभल सेवा, टुर प्याकेज लगायतका सेवाहरू एउटै डिजिटल प्लेटफर्मबाट लिन सकिने व्यवस्था गरिएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन तथा सेवा क्षेत्रमा सकारात्मक योगदान पुर्याउने र राज्यको राजस्व अभिवृद्धिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सेवा विस्तार तथा साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने योजना पनि ebookingnepal.com को रहेको छ। यसले स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन आवश्यक डिजिटल उपकरण उपलब्ध गराउने विश्वास गरिएको छ।
नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई अग्रणी डिजिटल प्रविधिसँग जोड्दै यात्रुहरूलाई प्रामाणिक अनुभव प्रदान गर्ने, दिगो तथा समावेशी आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसमेत यस प्लेटफर्मले लिएको जनाएको छ।
अत्याधुनिक प्रविधि, एआई (AI) को प्रयोग तथा नेपाली र अंग्रेजी दुवै भाषामा सेवा उपलब्ध गराउने ebookingnepal.com ले खोजदेखि बुकिङसम्मको प्रक्रिया सरल, पारदर्शी र सांस्कृतिक रूपमा समृद्ध बनाउने लक्ष्य राखेको छ। यो सेवा iOS र Android दुवै प्लेटफर्ममा उपलब्ध रहेको र प्रयोगकर्ताले Apple App Store तथा Google Play Store मार्फत एप डाउनलोड गरी सेवा लिन सक्ने जनाइएको छ।
एकीकृत डिजिटल प्लेटफर्ममार्फत यात्रा सम्बन्धी सबै सेवा एउटै स्थानमा उपलब्ध गराइँदा प्रयोगकर्ताको समय, श्रम र लागत बचत हुनुका साथै सेवा प्रभावकारिता र उपयोगिता उल्लेखनीय रूपमा बढ्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




