टोकियो,जापान। टोकियोमा, नेवा:हरूको सक्रिय संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले आगामी फेब्रुअरी २२ तारिख (आईतबार) टोकियोको कोतोकुको कितासुना स्थित सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध आयोजना गर्ने भएको छ। नेपालबाट नेवा: गुरूज्युलाई जापान आमन्त्रण गरी यो पवित्र संस्कार सम्पन्न गराउन लागिएको हो।
संस्थाले यसअघि चार पटक सामूहिक बेल विवाह (ईही) तथा दुई पटक सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरिसकेको छ।
“हाम्रो कार्यक्रमहरूमा गैर-नेवा: तथा जापानी समुदायको पनि उल्लेख्य सहभागिता रहने गरेको छ। हामीले वार्षिक रूपमा म्ह: पूजा, बुद्ध जयन्ति, क्वाटी पुन्ही जस्ता प्रमुख पर्वहरू आयोजना गर्दै आएका छौं। साथै, टोकियोमा आयोजना हुने नेपाल फेस्टिवलमा नेवारी नृत्य, झाँकी, लाखे नाचसमेत प्रस्तुत गर्दै आएका छौं,” अध्यक्ष डंगोलले बताए।
बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा)को महत्त्व
नेवारी परम्पराअनुसार छोरीहरूको पहिलो विवाह बेल सँग गरिन्छ, त्यसैले यसलाई बेल विवाह (ईही) भनिन्छ। यस वर्ष पाँचौ पटक सामूहिक बेल विवाह गरिने भएको छ।
त्यस्तै, विवाहभन्दा अगाडि छोराहरूको ब्रतबन्ध (केयता पूजा) गर्ने चलन रहेको छ, जसलाई तेस्रो पटक आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो।
नाम दर्ता र सम्पर्क विवरणः-
जापानमा रहनुभएका नेवा: समुदायका अभिभावकहरू, जसले आफ्ना छोराछोरीको ब्रतबन्ध वा बेल विवाह गराउन चाहनुहुन्छ, उनीहरूले संस्थाका पदाधिकारीहरूलाई सम्पर्क गरी नाम टिपाउनु पर्नेछ।
पुजाका लागि आवश्यक सामग्री आयोजक संस्थाले तयार गरिदिनेछ र यो सबै नेपालबाट मगाउनु पर्ने भएकाले नाम टिपाउने अन्तिम मिति फेब्रुअरी १० तारिख तोकिएको छ। पूजा समापन पछी नेवारी भोजको पनि व्यवस्था गरिनेछ ।
थप जानकारीका लागि सम्पर्क:
मोबाइल नम्बर:- ०८०-६५५५-६६६७ / ०८०-३२५९-६००२ / ०७०-१२११-१५०२ / ०८०-४३२३-३२०१
संस्थाका अध्यक्ष रूपेश डंगोलका अनुसार, जापानमा नेवा: समुदायको बसोबास बढ्दै गएकाले नेवा: कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले सन् २००३ मा यो संस्था स्थापना गरिएको हो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




