
टोकियो,जापान। जापान सरकारले विदेशी नागरिकसम्बन्धी नयाँ आधारभूत नीतिमार्फत डिपोर्टेसन (देश निकाला) लागू हुने अपराधको दायरा विस्तार गर्ने तयारी गरेको छ। साथै, विदेशीले जग्गा खरिद गर्ने विषयमा भने थप अध्ययन गर्ने निर्णय गरेको छ।
मंगलबार सार्वजनिक गरिएको मस्यौदा नीति हाल समीक्षा प्रक्रियामा रहेको छ। यस नीतिअनुसार हाल लागू रहेको लागुऔषधसम्बन्धी अपराध तथा एक वर्ष वा सोभन्दा बढीको सजाय भएका मुद्दामा मात्र सीमित डिपोर्टेसन प्रावधानलाई विस्तार गरिने प्रस्ताव गरिएको छ।
विदेशीले जापानमा जग्गा खरिद गर्ने विषयमा भने तत्काल कुनै प्रतिबन्ध नलगाइने स्पष्ट गरिएको छ। तर, सरकारले फेब्रुअरी महिनादेखि विज्ञ समिती गठन गरी यस विषयमा निरन्तर छलफल गर्ने जनाएको छ।
सरकारले “विदेशी नागरिक स्वीकृति तथा सुव्यवस्थित र सहअस्तित्वयुक्त समाज निर्माणसम्बन्धी मन्त्रीस्तरीय परिषद्” को बैठकमार्फत यही शुक्रबारसम्ममा उक्त नीति अन्तिम रूप दिने तयारी गरेको छ।
मस्यौदा नीतिको मूल उद्देश्य जापानी नागरिक र विदेशी दुवैले ‘व्यवस्था’ र ‘सहअस्तित्व’ बीच सन्तुलन कायम गर्दै सुरक्षित र शान्तिपूर्ण रूपमा जीवन यापन गर्न सक्ने समाज निर्माण गर्नु रहेको छ।
विदेशीको बसोबास व्यवस्थापनतर्फ सरकारले स्थायी बसोबास अनुमति र नागरिकता प्राप्त गर्ने मापदण्ड कडा बनाउने योजना बनाएको छ। साथै, डिपोर्टेसन लागू हुने अपराधको दायरा पनि विस्तार गरिनेछ।
हाल निलम्बित सजाय पाएका यौन अपराधीहरूलाई समेत डिपोर्टेसन नलाग्ने व्यवस्थाप्रति आलोचना हुँदै आएको छ। नयाँ मस्यौदामा सामाजिक सुरक्षा प्रणाली, श्रम बजार र सार्वजनिक सुरक्षामा पर्ने प्रभावको मूल्याङ्कन गर्दै विदेशी बासिन्दाको सङ्ख्या सीमित गर्ने विषयमा समेत अध्ययन गरिने उल्लेख छ।
विदेशी नागरिकलाई सहज रूपमा समावेश गर्न सरकारले बालबालिकालाई प्राथमिक विद्यालय प्रवेश गर्नुअघि जापानी भाषा र अध्ययन बानी सिकाउने पूर्व–विद्यालय (Preschool) स्थापना गर्ने योजना बनाएको छ। साथै, जापानी भाषा, संस्कृति र कानुनी प्रणाली सिकाउने कार्यक्रमहरू पनि सुरु गरिनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




