टोकियो, जापान।
कास्की पोखरा समाज जापानको आयोजनामा प्रवासी भूमिबाट राष्ट्रको समग्र अवस्था बुझ्ने र छलफल गर्ने उद्देश्यसहित एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। “प्रवासी भूमिमा राष्ट्रिय बहस -कास्की पोखरा समाज जापानसँग सौरभ” शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रममा प्रख्यात विश्लेषक सौरभको विशेष उपस्थिति रहने आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा नेपालको वर्तमान सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था साथै राष्ट्रले सामना गरिरहेका चुनौती र सम्भावनाबारे विस्तृत छलफल हुने जनाइएको छ। प्रवासमा रहेर पनि देशको यथार्थ अवस्था बुझ्ने, सुन्ने र विचार आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमलाई जापानमा रहेका नेपाली समुदायका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
आयोजक कास्की पोखरा समाज जापानका अध्यक्षका अनुसार यो कार्यक्रम प्रवासबाट राष्ट्रलाई बुझ्ने र राष्ट्रप्रति सकारात्मक धारणा तथा आवाज निर्माण गर्ने उद्देश्यले जापानको इतिहासमै पहिलो पटक पृथक ढंगले आयोजना गर्न लागिएको हो। कार्यक्रममा सहभागी भएर विचार साटासाट गर्न जापानमा रहेका सबै नेपालीहरूलाई आह्वान गरिएको छ।
कार्यक्रम यहि जनवरी २५ तारिख दिउँसो २:०० बजे (जापान समय) टोकियोको शिन्जुकुस्थित सागामी बिल्डिङ पाँचौँ तलामा सम्पन्न हुने जानकारी दिइएको छ।
यसै कार्यक्रममार्फत स्थापना गर्न लागिएको आपत्कालीन राहत कोषका लागि सहयोग र सहकार्यको अपेक्षा गरिएको आयोजक कास्की पोखरा समाज जापानले जनाएको छ। समाजले कार्यक्रममार्फत प्राप्त हुने सहयोगलाई पारदर्शी र जिम्मेवार ढंगले व्यवस्थापन गर्दै आवश्यकता पर्दा पीडितहरूका लागि उपयोग गर्ने लक्ष्य लिएको छ।
आयोजक संस्थाले प्रवासी भूमिबाट देशका लागि सकारात्मक आवाज उठाउन, सँगै बसेर सुन्न र विचार साट्न सबैलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




