काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष रोबिन शेरचनले संघको आगामी १२औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका छन्।
लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाएर एनआरएनए अभियानमा सक्रिय शेरचनले संघभित्रको एकतालाई सुदृढ बनाउने र सबै गैरआवासीय नेपालीले अपनत्व महसुस गर्ने संस्था निर्माण गर्ने मुख्य एजेन्डासहित नेतृत्वको दावेदारी प्रस्तुत गर्न लागेका हुन्।
शेरचनले आइतबार (सन् २०२६ फेब्रुअरी १) जापानको टोकियोस्थित ‘बातुर टोकियो’ मा एक विशेष कार्यक्रम आयोजना गरी औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। साँझ ७ बजेदेखि सुरु हुने उक्त घोषणा सभामा भौतिक उपस्थितिका साथै विश्वभरका गैरआवासीय नेपालीहरूले जुममार्फत पनि सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको शेरचनले बताए ।
विगत १५ वर्षदेखि संघमा क्रियाशील शेरचनले ११औं महाधिवेशनमा देखिएका प्राविधिक त्रुटि र तिक्तताबाट पाठ सिक्दै ‘एक मन–एक संगठन’ को भावना अनुरूप संस्थालाई अघि बढाउने संकल्प लिएका छन्।
आफ्नो उम्मेदवारी घोषणासँगै शेरचनले संघलाई रूपान्तरण गर्न विभिन्न प्रतिबद्धताहरू अघि सार्ने जनाएका छन्। जसमा ‘दरिलो एकता’, ‘समानता, नागरिकता र मताधिकारको सुनिश्चितता’, ‘मर्यादित वैदेशिक रोजगार’, ‘साना-ठुला लगानीको प्रोत्साहन’ तथा ‘संस्थागत पुनर्संरचना, पारदर्शिता र जवाफदेहिता’ जस्ता विषयहरू प्रमुख रहेका छन्। उनले संविधान प्रदत्त गैरआवासीय नेपाली नागरिकताको व्यावहारिक कार्यान्वयन, सर्वोच्च अदालतको आदेश बमोजिम प्रवासमा रहेका नेपालीको मताधिकार र भूतपूर्व गोर्खाहरूको अधिकारका लागि लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी मार्च १३, १४ र १५ (२०८२ फागुन २९, ३० र चैत १) गते काठमाडौँमा हुने १२औँ महाधिवेशन नजिकिँदै गर्दा शेरचनले आफू कम बोल्ने तर कामको नतिजा देखाउने स्वभावको भएको बताउँदै संस्थाको कठिन घडीमा नेतृत्व लिने आँट गरेको उल्लेख गरे।
उनले आफ्नो भावी योजना र साझा अवधारणामा सुझाव दिनका लागि अग्रज अभियन्ता, संस्थापक, र सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई घोषणा सभामा निमन्त्रणा गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




