टोकियो,जापान। जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि प्रेरणा, आत्मविश्वास र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सिने जगतका महानायक राजेश हमाल जापानका प्रमुख ५ शहरमा उपस्थित हुने विशेष प्रेरणादायी कार्यक्रम आयोजना हुने भएको छ। “सपना, साधना र सफलता : युगदेखि युगसम्म” शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजनामा तथा अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरको सह–आयोजनामा सम्पन्न गरिनेछ।
आयोजकका अनुसार कार्यक्रममा महानायक हमालले आफ्नो जीवनयात्रा, निरन्तर साधना, संघर्ष र सफलतासम्मको अनुभव बाँड्दै सहभागीहरूलाई प्रेरणादायी भनाईहरु राख्नेछन् । साथै हमाल लिखित चर्चित पुस्तक “युगदेखि युगसम्म” लेखक स्वयंको हस्ताक्षरसहित उपलब्ध गराइने व्यवस्था गरिएको छ। सबै कार्यक्रम निःशुल्क (Free Entry) रहने जनाइएको छ।
कार्यक्रम तालिका (मिति, समय र स्थान)
१) टोकियो
मिति: फेब्रुअरी ११
समय: साँझ ६:३० बजेबाट
स्थान: Nakano Zero Hall, Nakano City
२) शिजुओका
मिति: फेब्रुअरी १४
समय: साँझ ६:००–९:००
स्थान: Miraie Community Hall, Shizuoka
३) नागोया
मिति: फेब्रुअरी १५, २०२६
समय: १७:०० बजेबाट
स्थान: Nagoya International Center, Nagoya
४) ओसाका (कान्साइ क्षेत्र)
मिति: फेब्रुअरी १७
समय: १६:३०–२१:१५
स्थान: Osaka Abeno Civic Center
५) फुकुओका
मिति: फेब्रुअरी १९
समय: साँझ ६:०० बजेबाट
स्थान: Hakata Civic Center, Fukuoka
यो प्रेरणादायी श्रृंखला विशेषगरी युवा पुस्ता, विद्यार्थी, श्रमिक तथा व्यवसायीहरूलाई लक्ष्य, आत्मअनुशासन र सकारात्मक सोचतर्फ अभिप्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको हो। टोकियो बाहेक ओसाका, फुकुओका, शिजुओका र नागोयामा समेत कार्यक्रम सञ्चालन हुने भएकाले जापानभर छरिएर रहेका नेपाली समुदाय प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




