टोकियो,जापान। होप ईन्टरनेश्नल स्कुलले हालै भव्य तथा सफल विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित सम्बन्धित प्रदर्शनी (STEAM) मेला २०२६ सम्पन्न गरेको छ।  यहि फेब्रुअरी १४ तारिख सम्पन्न कार्यक्रममा  विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले विज्ञान (Science), प्रविधि (Technology), इन्जिनियरिङ (Engineering), कला (Arts) तथा गणित (Mathematics) सम्बन्धी नवीन, सिर्जनात्मक तथा प्रयोगात्मक परियोजनाहरू प्रदर्शन गरेका थिए।

मेलामा विद्यार्थीहरूले रोबोटिक्स प्रदर्शन, थ्रिडी प्रिन्टिङ प्रविधिबाट तयार गरिएका विभिन्न पात्रहरू, माईक्रो बिट प्रयोगमार्फत बनाइएका स्मार्ट उपकरणहरू, स्क्र्याच प्रोग्रामिङ बाट विकास गरिएका शैक्षिक खेलहरू तथा विज्ञान र इन्जिनियरिङसम्बन्धी विभिन्न वर्किङ मोडेलहरू प्रस्तुत गरेका थिए। सहभागी विद्यार्थीहरूले आत्मविश्वासका साथ आफ्ना परियोजनाहरू अभिभावक, शिक्षक तथा अतिथिहरूसमक्ष प्रस्तुत गर्दै आफ्नो प्राविधिक ज्ञान, सिर्जनशीलता र प्रस्तुति क्षमताको उत्कृष्ट प्रदर्शन गरेका थिए।

कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले विद्यार्थीहरूको नवप्रवर्तनशील सोच, समस्या समाधान गर्ने क्षमता तथा टोलीगत सहकार्यप्रति उच्च प्रशंसा व्यक्त गरेका थिए।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा अनुसन्धानमुखी सोच, नेतृत्व क्षमता, सहकार्य भावना तथा व्यवहारिक सीपको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक तथा सहयोगीहरूप्रति विद्यालय प्रशासनले हार्दिक आभार व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार