टोकियो,जापान। जापानभर इन्फ्लुएन्जा (फ्लु) संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ। फेब्रुअरी ८ सम्मको एक साताको अवधिमा देशभरका स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार बिरामी संख्या अघिल्लो साताको तुलनामा करिब १.४ गुणाले बढेको छ। योसँगै लगातार ५ सातादेखि संक्रमित संख्या उकालो लागिरहेको छ र यस सिजनकै तेस्रो उच्च स्तरमा पुगेको बताइएको छ।
राष्ट्रिय स्वास्थ्य संकट व्यवस्थापन अनुसन्धान निकायका अनुसार देशभरका करिब ३ हजार स्वास्थ्य संस्थाबाट रिपोर्ट भएका संक्रमितको कुल संख्या १ लाख ६४ हजार ७ सय ४४ पुगेको छ, जुन अघिल्लो साताभन्दा ५ लाखभन्दा बढीले वृद्धि हो। प्रति स्वास्थ्य संस्था औसत संक्रमित संख्या ४३.३४ पुगेको छ, जुन एक साताअघि भन्दा झन्डै १.४ गुणा बढी हो।
यस सिजनमा गत वर्ष नोभेम्बर अन्त्यतिर प्रति स्वास्थ्य संस्था ५१.१२ संक्रमित पुगेर उच्च बिन्दु (पिक) मा पुगेको थियो। त्यसपछि वर्षअन्त्यतिर केही घटे पनि गत महिना देखि पुनः वृद्धि हुन थालेको देखिएको छ।
भाइरसको प्रकारगत विवरण हेर्दा गत वर्ष अधिकांश संक्रमित ए-टाइप इन्फ्लुएन्जाबाट प्रभावित थिए। तर पछिल्ला ५ साताको तथ्यांकअनुसार ए-टाइप ५२ प्रतिशत र बी-टाइप ४८ प्रतिशत रहेको छ। यसले बी-टाइपको हिस्सा उल्लेख्य रूपमा बढ्दै करिब आधा पुगेको देखाएको छ।
स्वास्थ्य निकायले संक्रमण अझ फैलिन सक्ने भएकाले हात धुने, मास्क प्रयोग गर्ने र भीडभाडबाट जोगिने जस्ता सावधानी अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




