टोकियो,जापान। जापानमा रहेका रोल्पालीहरूको साझा संस्था रोल्पा समाज जापानले आफ्नो चौथो अधिवेशन आगामी मार्च २१ मा आयोजना गर्ने भएको छ।

समाजले जनाए अनुसार उक्त अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिनेछ। संस्थालाई अझ सक्रिय, जिम्मेवार र जुझारु नेतृत्व प्रदान गर्ने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको जनाएको छ।

समाजले जापानभर रहेका रोल्पाली अग्रज बुबाआमा, दाजुभाइ, दिदीबहिनी, विद्यार्थी वर्ग, सल्लाहकारहरू तथा हालका कार्यसमिति सदस्यहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशन सफल बनाउन हार्दिक अनुरोध तथा निमन्त्रणा गरेको छ।

अधिवेशन बिहान ११ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।

कार्यक्रम विवरण:
मिति: २०२६ मार्च २१ (शनिबार)
समय: बिहान ११:०० बजे – साँझ ६:०० बजे
स्थान: BARACADE GOODTIMES RESTURENT, सिनओकुबो

संस्थाले सबैलाई समयमै उपस्थित भई आपसी एकता, सहकार्य र संस्थागत सुदृढीकरणको सन्देश दिन आग्रह गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार