टोकियो। जापानमा घट्दो जन्मदरको समस्या गम्भीर बन्दै गइरहेको बेला पछिल्लो १० वर्षमा विदेशी बालबालिकाको संख्या उल्लेखनीय रूपमा बढेको तथ्य सार्वजनिक भएको छ। जापानी संचार संस्था  एनएचकेले गरेको विश्लेषण अनुसार देशभरका आधाभन्दा बढी स्थानीय तहमा विदेशी बालबालिकाको संख्या बढेको पाइएको हो।

सामान्य मामिला मन्त्रालयको बसोबास आधार दर्ताको तथ्यांकलाई आधार मानेर २०१५ र २०२५ को अवस्थाबीच तुलना गर्दा यस्तो निष्कर्ष आएको हो। अध्ययनमा ० देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई समेटिएको थियो।

विश्लेषणअनुसार १० वर्षको अवधिमा जापानी बालबालिकाको संख्या करिब २५ लाख ८० हजारले घटेको छ भने विदेशी बालबालिकाको संख्या १  लाख १७ हजारले बढेर २ लाख ९९ हजार पुगेको छ। देशभरका करिब ५६ प्रतिशत, अर्थात् ९८५ स्थानीय तहमा विदेशी बालबालिका बढेका छन्। तीमध्ये झण्डै ४५ प्रतिशत स्थानीय तहमा त दोब्बरभन्दा बढी वृद्धि देखिएको छ।

ठूला शहरहरूमा विदेशी बालबालिकाको वृद्धि उल्लेखनीय देखिएको छ। ओसाका सिटी मा ६ हजार २७६, योकोहामा सिटी मा ५ हजार ४३१, एदोगावा वार्ड मा ३ हजार ४३३ तथा नागोया सिटी मा ३ हजार ४१६ विदेशी बालबालिका थपिएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार