
टोकियो,जापान। जापान न्याय मन्त्रालय ले विदेशी नागरिकका लागि आवासीय अनुमति सम्बन्धी शुल्कमा उल्लेखनीय वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। हालै सार्वजनिक गरिएको प्रारम्भिक विवरण अनुसार, हाल लागू शुल्कमा ठूलो परिवर्तन हुने देखिएको छ।
हाल ६ हजार येन रहेको बसोबास स्थिति परिवर्तन वा नवीकरण शुल्क अब बसोबास अवधिअनुसार फरक–फरक हुने प्रस्ताव गरिएको छ। तीन महिनासम्मको छोटो अवधिका लागि करिब १० हजार येन र पाँच वर्षसम्मका लागि अधिकतम करिब ७० हजार येनसम्म शुल्क लाग्ने अनुमान गरिएको छ।
त्यसैगरी, स्थायी बसोबास अनुमति लिँदा हाल तिर्नुपर्ने १० हजार येन शुल्क बढाएर करिब २ लाख येन पुर्याइने प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।
यो विवरण प्रतिनिधिसभा अन्तर्गत न्याय मामिला समितिको बैठकमा मन्त्रालयका एक उच्च अधिकारीले सार्वजनिक गरेका हुन्। सरकारले हालको संसद अधिवेशनमा आप्रवासन नियन्त्रण तथा शरणार्थी मान्यता ऐन संशोधनसम्बन्धी विधेयक पेश गरिसकेको छ।
प्रस्तावित संशोधनअनुसार, हाल अधिकतम १० हजार येन रहेको शुल्क सीमा बढाएर बसोबास परिवर्तन तथा नवीकरणका लागि १ लाख येनसम्म पुर्याइनेछ भने स्थायी बसोबास अनुमति शुल्कको माथिल्लो सीमा ३ लाख येनसम्म कायम गरिनेछ।
मन्त्रालयका अनुसार, शुल्क वृद्धि प्रशासनिक जाँच प्रक्रियामा बढ्दो खर्च तथा अन्तर्राष्ट्रिय स्तरसँग मिलाउन आवश्यक भएको कारण गरिएको हो। यद्यपि, वास्तविक शुल्क कति लाग्ने भन्ने विषय चालु आर्थिक वर्षभित्र मन्त्रिपरिषद् निर्णयमार्फत निर्धारण गरिने बताइएको छ।
यो प्रस्ताव कार्यान्वयनमा आएमा जापानमा बसोबास गरिरहेका विदेशी नागरिकहरूको आर्थिक योजना र दीर्घकालीन बसाइ व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




