टोकियो,जापान। जापानमा अध्ययनका लागि आउने नवआगन्तुक नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै धादिङ समाज जापानले ‘हेल्प डेस्क’ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा विशेषगरी अप्रिल र मे महिनाभरि उपलब्ध हुने जनाइएको छ।

समाजका अनुसार टोकियोको सुगिनामी–कु मोमोई ३–१० क्षेत्रमा सञ्चालन हुने उक्त हेल्प डेस्कमार्फत नयाँ विद्यार्थीहरूलाई बसोबास, कागजी प्रक्रिया, दैनिक जीवन व्यवस्थापन तथा आवश्यक परामर्शसम्बन्धी सहयोग प्रदान गरिनेछ। जापान आइपुग्ने प्रारम्भिक चरणमा विद्यार्थीहरूले भोग्ने भाषा, प्रशासनिक प्रक्रिया र आवास व्यवस्थापन जस्ता समस्यालाई सहज बनाउन यो पहल गरिएको समाजले जनाएको छ।

समाजले उपलब्ध गराएको सम्पर्क विवरण अनुसार देविका पण्डित, बिमल श्रेष्ठ, विजय सडौला, ईश्वरी अर्याल, शुसान बानियाँ र सरोज गिरीसँग सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिनेछ।

जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्ला वर्षहरूमा बढ्दो क्रममा रहेकाले यस्ता सहयोगमूलक कार्यक्रमहरूले उनीहरूको प्रारम्भिक बसाइलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार