टोकियो, जापान। जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालनमा आएको रेमिट्यान्स सेवा कम्पनी येहे रेमिटले टोकियोको आकिहाबरा क्षेत्रमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको छ।

मे ९ तारिख शनिबार आयोजित उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघसहित जापानस्थित विभिन्न नेपाली संघ–संस्था, समुदायका प्रतिनिधि, व्यवसायी तथा समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा कम्पनीका कार्यकारी प्रमुख नविन निउरेले प्रवासी नेपालीहरूका लागि छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउन येहे रेमिट प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जापानमा रहेका नेपालीहरूले सहज रूपमा मातृभूमि नेपालमा रकम पठाउन सकून् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको जानकारी दिनुभयो।

कम्पनीका अनुसार येहे रेमिटमा कार्यकारी प्रमुख नविन निउरेसहित सफल युवा व्यवसायीहरू सुभास लामिछाने, सुरेशचन्द्र उपाध्याय, मनोज दाहाल, विशाल शर्मा, नारायण सापकोटा, जीवन क्षेत्री र मुक्तिराज रेग्मी डाइरेक्टरका रूपमा आबद्ध हुनुहुन्छ।

जापानमा नेपाली समुदायको संख्या बढ्दै गएको सन्दर्भमा सुरक्षित, सहज र विश्वासिलो रेमिट्यान्स सेवाको माग पनि बढिरहेको छ। यस्तो अवस्थामा येहे रेमिटको नयाँ कार्यालय सञ्चालनले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार