टोकियो/जापान। दोलखा समाज जापानद्वारा अक्षयकोष सहयोगार्थ आयोजित बार्बेक्यु कार्यक्रम सहभागितामूलक वातावरणमा सम्पन्न भएको छ।

मे ३१ तारिख आईतबार टोकियोस्थित तोकाई पोर्ट पार्कमा आयोजित कार्यक्रममा जापानमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजका अग्रज, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, दोलखाली दाजुभाइ तथा दिदीबहिनीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष मुक्तिराम खनाल, गोरखा समाज जापानका अध्यक्ष अर्जुन ढकाल, पूर्वअध्यक्ष सीएम भट्टराई, तमु धीं जापानका अध्यक्ष अमर गुरुङ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा समाजसेवी महानुभावहरूको उपस्थिति रहेको थियो।

दोलखा समाज जापानले कार्यक्रममा उपस्थित सबै अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कार्यसमितिका महानुभाव, समाजका अग्रज तथा सहभागी सम्पूर्ण दोलखाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक आभार व्यक्त गरेको छ।

समाजले आगामी दिनहरूमा पनि सामाजिक, सांस्कृतिक तथा सहयोगमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाउँदै यस्ता गतिविधिमा सबैको साथ, सहयोग र उपस्थितिको अपेक्षा गरेको छ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अथक रूपमा खटिनुहुने सम्पूर्ण कार्यसमिति परिवार, कोसेली परिवार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सबैप्रति दोलखा समाज जापानले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

दोलखा समाज जापानका अध्यक्ष संजीव पोखरेलले कार्यक्रम सफल बनाउन साथ, सहयोग र उपस्थिति जनाउने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजका गतिविधिहरूमा निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार