टोकियो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक/सर्जक अम्बर बिरही गुरुङ जापान आइपुग्नुभएको छ। “अम्बर बिरही गुरुङ सांगीतिक साँझ” तथा “प्रथम जापान लोक तारा २०२६” मा सहभागी हुन उहाँ जापान आउनुभएको हो।
यही जुन १४ तारिख आइतबार टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा आयोजना हुने उक्त कार्यक्रमका लागि जापान आइपुग्नुभएका गुरुङलाई बुधबार नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव तथा प्रतियोगिताका निर्णायक संयोजक रामकृष्ण बम मल्ल, केन्द्रीय सदस्य सूर्य खड्का, जापान शाखाका सचिव दिपक कंडेल ‘सफल’, बागलुङ समाज जापानका अध्यक्ष तथा प्रतिष्ठान जापान शाखाका सल्लाहकार गुरु प्रसाद सापकोटा, सल्लाहकार पिताम्बर चापागाईँ लगायतले उहाँलाई विमानस्थलमा स्वागत गर्नुभएको थियो।
जापान आगमनपछि गुरुङले जापानमा रहेका नेपाली समुदायसँग सांगीतिक भेटघाट गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभएको छ। उहाँको उपस्थितिले कार्यक्रमप्रति दर्शक, श्रोता तथा लोकसंगीतप्रेमीहरूको उत्साह थप बढाएको आयोजकको विश्वास छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले आयोजना गरिरहेको “प्रथम जापान लोक तारा २०२६” अन्तर्गत उत्कृष्ट पाँच प्रतिभाहरू फाइनल चरणमा प्रवेश गरिसकेका छन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धासँगै अम्बर बिरही गुरुङको विशेष सांगीतिक प्रस्तुति हुने भएकाले कार्यक्रमलाई नेपाली लोकसंगीत, कला र संस्कृतिको भव्य उत्सवका रूपमा हेरिएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव तथा “प्रथम जापान लोक तारा २०२६” का निर्णायक संयोजक रामकृष्ण बम मल्लले अग्रज स्रष्टा अम्बर बिरही गुरुङका चर्चित तथा कालजयी गीतहरूको विशेष सांगीतिक प्रस्तुति र नवप्रतिभाहरूको फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई ऐतिहासिक तथा स्मरणीय बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम तयारीबारे जानकारी दिँदै प्रतिष्ठान जापान शाखाका सचिव दिपक कंडेल ‘सफल’ले सम्पूर्ण व्यवस्थापकीय कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो। कार्यक्रमलाई भव्य, व्यवस्थित र सफल बनाउन आयोजक टोली निरन्तर खटिरहेको उहाँले बताउनुभयो।
प्रतिष्ठान जापान शाखाका अध्यक्ष समुन्द्र राज पौडेलले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली लोकसंस्कृति, मौलिक कला र संगीतको संरक्षण तथा प्रवर्द्धनमा ऐक्यबद्धता जनाउन आग्रह गर्नुभएको छ।
उक्त कार्यक्रममा “अम्बर बिरही गुरुङ सांगीतिक साँझ”, “प्रथम जापान लोक तारा २०२६” को फाइनल प्रतिस्पर्धा तथा विजेता घोषणा एकै मञ्चबाट हुने भएकाले जापानस्थित नेपाली समुदायमाझ कार्यक्रमप्रति विशेष उत्साह र चासो बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




