टोकियो,जापान। जापान सरकारले विदेशी नागरिकसँग सम्बन्धित अध्यागमन सेवाको शुल्क उल्लेखनीय रूपमा बढाउने तयारी गरेको छ। जापानको अध्यागमन सेवा एजेन्सी (ISA) ले शुक्रबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को आदेश (क्याबिनेट अर्डर) को मस्यौदाअनुसार बसोबासको अवधि थप्ने (भिसा नवीकरण) तथा बसोबासको स्थिति (Residence Status) परिवर्तन गर्ने शुल्क हालको ६ हजार येनबाट बढाएर १० हजारदेखि ७५ हजार येनसम्म पुर्याइने प्रस्ताव गरिएको छ।
प्रस्तावअनुसार शुल्क बसोबास अवधि कति थपिएको छ भन्ने आधारमा निर्धारण हुनेछ। तीन महिनासम्मको अनुमति विस्तारका लागि १० हजार येनदेखि सुरु भएर पाँच वर्षभन्दा बढी अवधिको अनुमति प्राप्त गर्नेले अधिकतम ७५ हजार येन तिर्नुपर्नेछ। अनलाइन आवेदन दिनेहरूका लागि भने केही कम शुल्क तोकिएको छ।
त्यस्तै, स्थायी बसोबास (Permanent Residence) प्राप्त गर्न लाग्ने शुल्क हालको १० हजार येनबाट एकैपटक बढाएर २ लाख येन पुर्याउने प्रस्ताव गरिएको छ, जुन हालको शुल्कको २० गुणा बढी हो।
अध्यागमन सेवा एजेन्सीका अनुसार जापानमा विदेशी बासिन्दाको संख्या निरन्तर बढ्दै जाँदा प्रशासनिक खर्च पनि उल्लेखनीय रूपमा बढेकाले ती खर्च व्यवस्थापन गर्न शुल्क संशोधन गर्न लागिएको हो। यो व्यवस्था गत मे महिनामा पारित भएको संशोधित अध्यागमन नियन्त्रण तथा शरणार्थी मान्यता सम्बन्धी कानुनका आधारमा ल्याइएको जनाइएको छ।
सरकारले शुक्रबारदेखि सार्वजनिक राय (Public Comment) संकलन प्रक्रिया पनि सुरु गरेको छ। प्राप्त सुझावहरूको समीक्षा गरेपछि आगामी अक्टोबरदेखि नयाँ शुल्क लागू गर्ने लक्ष्य राखिएको अध्यागमन सेवा एजेन्सीले जनाएको छ।
जापानमा अध्ययन, रोजगारी तथा अन्य विभिन्न भिसामा बसोबास गरिरहेका लाखौं विदेशी नागरिकमा यो शुल्क वृद्धिले प्रत्यक्ष आर्थिक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




