टोकियोको ओदाइबास्थित सिओखाजे पार्कमा १५औँ नेपाल फेस्टिवल चलिरहेको छ। तीनदिने फेस्टिवलको आज अन्तिम दिन हो।
जापानमा आयोजना भएका आधा दर्जनभन्दा बढी नेपाल फेस्टिवलमा प्रत्यक्ष सहभागी भएको र सञ्चारमाध्यममार्फत जोडिएको अनुभवका आधारमा हेर्दा, पछिल्ला वर्षहरूमा नेपाल फेस्टिवल पूर्णतः नेपालीहरूको आफ्नै मात्रै, फेस्टिवलजस्तो बन्दै गएको अनुभूति हुन हुन्छ।यस पटक पनि जापानीलगायत विदेशी समुदायको उपस्थिति भने अत्यन्तै निकै न्यून देखिएको छ।
एक दृष्टिकोणबाट हेर्दा यो दृश्य गज्जब छ – विदेशी भूमिमा एउटै देशमा जन्मिएका हामी नेपालीहरूको संख्या यति विशाल भइसकेछ। भाषा, संस्कृति, भेषभूषा, गीत–सङ्गीत र खानामार्फत आफ्नो देशलाई सम्झिने तथा एकै ठाउँमा भेला हुने अवसर आफैँमा सुन्दर हो।
तर अलि गहिरिएर हेर्दा अर्को यथार्थ पनि देखिन्छ। हामी एउटै देशका नागरिक भएर पनि आपसमा बिराना बन्दै गइरहेका रहेछौँ। पुस्ताबीचको दूरी, बदलिँदो जीवनशैली र सामाजिक सञ्जालले निर्माण गरेको नयाँ स्वभाव हाम्रो व्यवहारमा स्पष्ट देखिन्छ।
मेलामा रमाउन आएका मानिसहरूको भीडबीचमा भेटिने झगडालु समूहहरूको बाहुल्यता हुनु साँच्चै बिडम्बनापूर्ण छ। अझ दुःखद कुरा, कहाँ विवाद वा सनसनीपूर्ण ‘कन्टेन्ट’ भेटिन्छ भनेर खोज्दै हिँड्ने र आफ्नै नेपाली दिदीबहिनीका संवेदनशील अङ्गहरू क्यामेरामा कैद गर्न उद्यत मानिसहरूको झुण्डसमेत बाक्लै देखिए।
फेस्टिवल हाम्रो संस्कृति, सभ्यता र पहिचान देखाउने थलो हो । कसैको गोपनीयता उल्लङ्घन गर्ने, महिला दिदी/बहिनीहरुलाई वस्तुजस्तो प्रस्तुत गर्न खोज्ने वा झगडालाई मनोरञ्जन बनाउने ठाउँ होइन।
अझ यस पटकको तितो अनुभव यहि मेलाकै अवसरमा जापान भ्रमणमा रहनुभएका २ नेताको मञ्चिय र गैरमञ्चिय प्रस्तुती जसले पहिलै वर्ग,क्षेत्र र आस्थाको नाममा टुक्रा- टुक्रामा विभक्त समुदायमा थप तिक्तता थपिदियो।
हामीले नेपाल फेस्टिवललाई भीड जम्मा गर्ने कार्यक्रममात्र होइन, नेपाली समाजको संस्कार, अनुशासन र सकारात्मक परिचय देखाउने साझा मञ्च बनाउन सक्नुपर्छ। नत्र विदेशमा बढ्दै गएको हाम्रो सङ्ख्याले गर्व त दिलाउला, तर हाम्रो व्यवहारले त्यही गर्वमाथि प्रश्न उठाइरहनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




