टोकियो,जापान। गायक सूर्य खड्का र गायिका देवी घर्तीको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘पिर नल्यु आमाले’ (पिर नल्यु बाबाले) को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
परदेशमा रहेका छोराछोरीले आफ्ना आमाबुबालाई चिन्ता नगर्न आग्रह गर्दै आफूहरू सुखी रहेको भाव व्यक्त गरिएको यस गीतले नेपाली परिवारको माया, जिम्मेवारी र भावनात्मक सम्बन्धलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
भिडियोमा स्मारिका ढकाल र सूर्य खड्काले श्रीमान्–श्रीमतीको भूमिकामा अभिनय गरेका छन्। उनीहरूले वृद्ध आमाबुबाको सेवा गर्ने, सम्मान गर्ने तथा उनीहरूबाट आशीर्वाद ग्रहण गर्ने दृश्यहरूलाई निकै मार्मिक ढंगले प्रस्तुत गरेका छन्। साथै, दशैं–तिहारमा टीका र जमरा ग्रहण गर्ने नेपाली मौलिक संस्कारलाई पनि आकर्षक रूपमा समेटिएको छ।
गीतमा सूर्य खड्काकै शब्द तथा संगीत रहेको छ। म्युजिक भिडियोको निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने एड्भेन्चर इन्टरटेन्मेन्टले निर्माण गरेको हो। भिडियोमा स्मारिका ढकालको अभिनय र नृत्यले थप आकर्षण थपेको छ।
पारिवारिक सम्बन्ध, आमाबुबाप्रतिको सम्मान र नेपाली मौलिक संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको ‘पिर नल्यु आमाले’ ले लोकदोहोरी संगीतप्रेमी दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




