टोकियो/जापान। जापानमा रहेर नेपाली लोकसंगीतको सिर्जना र प्रवर्द्धनमा सक्रिय गायक तथा सर्जक विशाल क्षेत्रीको नयाँ तीज गीत ‘आमा तिम्रो दुःख’ यतिबेला दर्शक- श्रोतामाझ चर्चित बनेको छ।
करिब दुई दशकअघिका नेपाली आमाहरूले भोगेका दुःख, संघर्ष, पीडा र त्यागका यथार्थ पक्षलाई गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरिएको ‘आमा तिम्रो दुःख’ले सार्वजनिक भएको छोटो समयमै उल्लेखनीय माया पाइरहेको छ। मार्मिक शब्द, भावनात्मक कथावस्तु र जीवनसँग मेल खाने प्रस्तुतिका कारण गीतले धेरै दर्शक/श्रोताको मन छोएको छ।
विशेषगरी टिकटक, फेसबुक र युट्युबमा गीतका अंशहरू सेयर भइरहेका छन्। दर्शक/श्रोताले गीतको शब्द, संगीत, स्वर, अभिनय र कथावस्तुको प्रशंसा गर्दै आफ्ना प्रतिक्रिया व्यक्त गरिरहेका छन्।
गीतमा विशाल क्षेत्रीको शब्द तथा संगीत, अन्जिता विश्वकर्माको स्वर र याम थापा मगरको संगीत संयोजन रहेको छ। मौलिक तीज गीतको स्वादलाई कायम राख्दै आमाको जीवनसँग जोडिएका दुःख, संघर्ष र त्यागलाई गीतले भावनात्मक ढंगले उठाएको छ।
गीतको कथा तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन्। म्युजिक भिडियोमा रन्जिता गुरुङ, रश्मि भट्ट तथा बालकलाकार सृष्टि खड्कीको अभिनय रहेको छ। आमाको संघर्ष र सन्तानप्रतिको समर्पणलाई दृश्यमा जीवन्त रूपमा उतारिएकाले भिडियोले गीतको भावलाई थप प्रभावकारी बनाएको छ।
पछिल्लो समय सार्वजनिक हुने धेरै तीज गीतमा मनोरञ्जन, नृत्य र रमाइलो पक्ष हाबी हुँदै गएको अवस्थामा ‘आमा तिम्रो दुःख’ले भने फरक विषयवस्तुलाई केन्द्रमा राखेको छ।गीतले तत्कालीन नेपाली समाजमा आमाहरूले घरपरिवार, सन्तान र सामाजिक जिम्मेवारी निर्वाह गर्ने क्रममा भोगेका अभाव, दुःख र संघर्षसँगै उनीहरूले गरेको अथाह त्यागलाई सम्झाउने प्रयास गरेको छ।
नेपाली लोकसंगीतमा लामो समयदेखि सक्रिय विशाल क्षेत्रीका यसअघि पनि थुप्रै गीत दर्शक/श्रोतामाझ पुगिसकेका छन्। मौलिक लोक तथा तीज गीतमार्फत आफ्नो पहिचान बनाउँदै आएका क्षेत्रीले यसपटक आमाको पीडा, संघर्ष र त्यागलाई केन्द्रमा राखेर भावनात्मक सिर्जना प्रस्तुत गरेका हुन्।
जापानमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र लोकसंगीतको सिर्जना तथा प्रवर्द्धनमा निरन्तर सक्रिय क्षेत्रीका लागि ‘आमा तिम्रो दुःख’ सांगीतिक यात्राको अर्को महत्वपूर्ण सिर्जनाका रूपमा देखिएको छ।
‘आमा तिम्रो दुःख’ विशाल क्षेत्री अफिसियल युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन
- जापानमा बसोबास गर्ने विदेशीको संख्या ४२ लाख ८१ हजार नाघ्यो, हालसम्मकै उच्च रेकर्ड
- जापानको हिमेजीमा नोभेम्बर ८ मा देउसी–भैलोसहित बृहत् सांस्कृतिक कार्यक्रम हुँदै
- अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनको तयारी पूरा, धादिङबेँसीमा भोलि हुँदै
- जापानको टोकियो मात्रै होइन, गाउँगाउँमा पनि बढ्दै विदेशीको बसोबास
- जापानमा ब्लु ब्वाइज युनियनले ‘पुस्तक पढौँ अभियान’ सुरु गर्दै
- क्योटोमा नेपाली कलाको चिनो : संरक्षणको पर्खाइमा नेपाल मैत्री भवन
- जापानभर नेपाली सामान घरमै मगाउन सकिने, सुलभ मार्टको अनलाइन सेवा सुरु




